२१ बैशाख २०८१, शुक्रबार

कांग्रेसले कैलाली र कञ्चनपुरको उम्मेदवारी टुंग्याउँदै



काठमाडौं । नेपाली कांग्रेसले जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि प्रदेश नं १ को पहाडी जिल्लाका उम्मेदवार टुंग्याएको छ भने प्रदेश नम्बर ७ को कैलाली र कञ्चनपुरका विषयमा छलफल शुरु गरेको छ ।
केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी एवम् वरिष्ठ नेताको बैठकमा छलफल शुरु भएको हो ।
कांग्रेसले निर्वाचन क्षेत्रीय कार्यसमितिलाई क्षेत्रअन्तर्गतका नगरपालिका र गाउँपालिकाका उम्मेदवार टुंग्याउने अधिकार दिएको छ । क्षेत्रले उम्मेदवार चयन गर्न नसकेमा जिल्ला कार्यसमितिले गर्ने र जिल्ला समितिले पनि नसकेमा केन्द्रीय कार्यसमितिमा आउने व्यवस्था भएकोले केन्द्रमा पठाइएका उम्मेदवारको विषयमा पदाधिकारी, पूर्व पदाधिकारी र वरिष्ठ नेताको समूहले निर्णय गर्ने गरेको छ ।
बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला लगायतका नेताको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार