१० श्रावण २०८१, बिहीबार

घोडाघोडी लघुवित्तको साधारण सभा



धनगढी । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड बेलौरीको प्रथम साधारण सभा सोमबार धनगढीमा भएको छ ।
साधारण सभाले प्रभातकुमार चौधरीलाई पुन: संस्थाको अध्यक्ष चयन गरेको छ ।
संस्थाको अधिकृत पुुँजी १० करोड रुपैयाँ रहेको छ । त्यस्तै, चालू पुँजी दुई करोड १२ लाख ५० हजार रहेको छ भने चुक्ता पँुजी एक करोड १० लाख ५० हजार रुपैयाँ रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कुन्नुनारायण चौधरीले बताए ।
उनले हाल संस्थाले ४२ वटा विपन्न महिला समूह गठन गरी विना धितो डेढ लाख रुपैयाँसम्म कर्जा प्रवाह गरिरहेको जानकारी दिए ।
सुदूरपश्चिम र मध्यपश्चिमका १० वटा जिल्लामा कार्यक्षेत्र रहे पनि हाल केन्द्रीय कार्यालयबाट मात्रै सेवा दिँदै आइरहेको र यस वर्ष चार वटा शाखा विस्तार गरिने उनले बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले ग्रामीण स्तरमा रहेको पुँुजीलाई एकत्रित गरी विपन्न समुदायको आर्थिक अवस्थामा सुधार गर्ने उद्देश्यले सञ्चालनमा आएका वित्तीय संस्थाको ठूलो योगदान रहेको चर्चा गरे ।
उनले हाल बढी ब्याज पाइने लोभमा ढुकुटी, मिटर ब्याज जस्ता विकृति फैलिइरहेको र यसले सानोसानो बचत हुने व्यक्तिको जायजेथा समेत गुमाउनु परिरहेको बताए ।
कार्यक्रममा एनआइसी एसिया बैंकका क्षेत्रीय निर्देशक टेकराज भट्टले सुदूरपश्चिममा रहेको ४६ प्रतिशत गरिबीलाई कम गर्न वित्तिय संस्थाहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए ।
संस्थाका सञ्चालक सदस्य बुधराम चौधरीले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार