१० श्रावण २०८१, बिहीबार

कञ्चनको शाखा विस्तार



बौनिया । महेन्द्रनगरमा प्रधान कार्यालय भएको कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले आइतबारदेखि कैलालीको बौनियामा शाखा विस्तार गरेको छ । सो बैंकको यो ११ औं शाखा भएको जनाइएको छ ।
शाखाको कैलाली प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले उद्घाटन गरेका थिए । सो अवसरमा प्रजिअ रिजालले कृषि क्षेत्रमा अधिकतम कर्जा प्रवाह गर्न र सेवाग्राहीलाई प्रभावकारी सेवा प्रवाह गर्न अनुरोध गरे ।
सो बैंकले एक महिनाभित्र लम्की र टीकापुरमा पनि शाखा विस्तार गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार