७ जेष्ठ २०८१, सोमबार

चितुवाको छालासहित पक्राउ



धनगढी । डडेल्धुरमा बुधबार राति चितुवाको छालासहित एक जना पक्राउ परेका छन् ।
सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूहले चितुवाको छालासहित डडेल्धुरा अमरगढी नगरपालिका वडा नम्बर ६ चिमरेका करिवरदत्त भट्टराईलाई पक्राउ गरेको जनाएको छ ।
अभियुक्त भट्टराई चितुवाको छाला बिक्रीका लागि गइरहेको भन्ने गोप्य सूचनाका आधारमा बुधवार राति पक्राउ गरेको प्रहरी सहायक निरीक्षक केशव जोशीले जानकारी दिए ।
भट्टराईबाट करिब आठ फिट इञ्च लम्बाई र दुई फिट चौडाई भएको चितुवाको छाला बरामद गरिएको छ । चितुवाको छालासहित पक्राउ परेका भट्टराईलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुरामार्फत जिल्ला वन कार्यालय डडेल्धुरालाई बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार