२ जेष्ठ २०८१, बुधबार

सुस्तश्रवण भएका विद्यार्थीलाई सामग्री वितरण



बाजुरा । बाजुरा जिल्लाको बुढीगंगा गाउँपालिका, कुल्देवमाडौंमा रहेको थुमा माध्यामिक विद्यालयमा अध्ययनरत बहिरा तथा सुस्तश्रवण भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
बाजुरामा बहिरा तथा सुस्तश्रवण शक्ति भएका बालबालिकालाई पढाउन दुई विद्यालयले अनुमति पाएर विशेष कक्षा सञ्चालन भइरहेको जिल्ला शिक्षा कार्यालय बाजुराका विद्यालय निरीक्षक उमेश रेग्मीले बताए । विद्यालय निरीक्षक रेग्मीका अनुसार बाजुरामा जनप्रकाश उच्च माध्यामिक विद्यालय कोल्टी र थुमा माध्यामिक विद्यालय कुल्देवमाडौंमा विशेष कक्षा सञ्चालन भइरहेको छ ।
सेतो गुँरास बाल विकास सेवा नामक संस्थाले थुमा माध्यमिक विद्यालयमा अध्यनरत १४ जना बहिरा तथा सुस्तश्रवण भएका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको संस्थाका प्रतिनिधि वीरेन्द्रबहादुर थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार