५ जेष्ठ २०८१, शनिबार

हावाहुरीबाट एक महिलाको मृत्यु



अछाम । हावाहुरीबाट अछाममा एक महिलाको मृत्यु भएको छ । आइतबार साँझ आएको हावाहुरीबाट बान्नीगढीजयगढ गाउँपालिका–३, बर्दादेवीकी ६० वर्षीया नरपता साउदको मृत्यु भएको प्रहरीले जनाएको छ । हावाहुरीबाट रुखको हाँगा भाच्चिएर उनको टाउकोमा खस्दा मृत्यु भएको जनाइएको छ ।
एक्कासी हावाहुरी चल्न थालेपछि उनी गाउँको मालुकाट्टे भन्ने ठाउँमा एउटा रुखको फेदमा ओत लाग्न गएकोमा सोही रुखको हाँगा भाँच्चिएको थियो । गम्भीर घाइते नरपताको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए ।
हावाहुरीका कारण अछामका धेरै ठाउँमा दर्जनौ विद्यालयका तथा घरका छाना र टिनका पसलमा क्षति पुगेको खबर आएको डिएसपी भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार