७ जेष्ठ २०८१, सोमबार

माओवादीद्वारा उम्मेदवारी चयन



बैतडी । नेकपा माओवादी केन्द्रले बैतडीका १० स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । जिल्लाका चारवटा नगरपालिका र ६ वटा गाउँपालिकामा उम्मेदवारको टुंगो लगाइएको माओवादी केन्द्रका जिल्ला संयोजक प्रेमप्रकाश भट्टले जानकारी दिए ।
माओवादी केन्द्रले दशरथचन्द नगरपालिकाको मेयरमा खिमानन्द भट्ट र पाटन नगरपालिकाको मेयरमा शकंर भण्डारी र उपमेयरमा राधिका खड्कालाई उम्मेदवार बनाएको छ ।
त्यस्तै, पुर्चाैडी नगरपालिकामा रणबहादुर कुँवर र जयन्ती बमलाई उम्मेदवार बनाइएको छ । मेलौली नगरपालिकामा भीमबहादुर चन्दलाई मेयर पदको उम्मेदवार बनाइएको छ ।
त्यस्तै, डिलासैनी गाउँपालिकाको अध्यक्षमा लोकेन्द्रबहादुर राना र उपाध्यक्षमा सुशीला साउँद, दोगडा केदार गाविसको अध्यक्षमा तारा कँुवर र उपाध्यक्षमा लक्ष्मी ओड, सुर्नया गाउँपालिकाको अध्यक्षमा नरी भाट, सिगास गाउँपालिकाको अध्यक्षमा वीरसिंह ऐर, शिवनाथ गाउँपालिकाको अध्यक्षमा धनवीर धनाडी, पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा रमेश चन्द र उपाध्यक्षमा मञ्जु चन्दलाई उम्मेदवार बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार