१० श्रावण २०८१, बिहीबार

धनगढी टिम चौराहा डिपिएल च्याम्पियन



धनगढी । ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै धनगढी टिम चौराह सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) च्याम्पियन बनेको छ । पारस खड्काको कप्तानीमा रहेको धनगढी टिम चौराहले शनिबार उपाधीका लागि भएको फाइनल खेलमा बिराटनगर किंग्सलाई ६२ रनले पराजित गर्दै डिपिएल ट्रफी उचाल्यो ।
जीतसँगै धनगढी टिम चौराहले १५ लाख रुपैयाँ पुरस्कार पनि प्राप्त गरेको छ । उपविजेता बिराटनगरले सात लाख रुपैयाँ पुरस्कार प्राप्त ग¥यो ।
खचाखच दर्शकले भरिएको एसएसपी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै धनगढीले २० ओभरमा पाँच विकेट क्षतिमा एक सय ५९ रन बनायो । प्रतिउत्तरमा बिराटनगर १९ औं ओभरमा ९७ रनमै अलआउट भयो ।
धनगढीको शुरुवात भने राम्रो थिएन । स्कोर चार रन हुँदा धनगढीले दुई विकेट गुमाइसकेको थियो । प्रारम्भिक ब्याट्सम्यान राजु रिजाल (सून्य) र अनिल मण्डल (२) रनमा आउट भए । तेस्रो नम्बरका पृथु बास्कोटा पनि १४ रनमा आउट हुँदा टिमको स्कोर ३७÷३ थियो । त्यसपछि कप्तान पारस र आरिफ शेखले ४४ रनको साझेदारी गर्दै स्कोर ८१ रन पु¥याए । पारस २९ रनमा आउट भए ।
त्यसपछिको खेल आरिफको नाम रह्यो । उनले बिस्फोटक अर्धशतक (५४ रन) बनाए । त्यसका लागि उनले ३० बलमा चार छक्का र चार चौका हिर्काउदै अर्धशतक बनाएका थिए ।
आरिफ र अमर रौतेलाले पाचौं विकेटका लागि २४ बलमा ६३ रनको साझेदारी गरेपछि धनगढी टिम चौराहले सम्मानजनक स्कोर निमाण गरेको थियो । अमरले अविजित ३१ रन बनाए भने शौरभ खनाल १४ रनमा अविजित रहे ।
आठ रन प्रतिओभरको विजय लक्ष्य पाएको बिराटनगरले शुरुदेखि आक्रमक ब्याटिङ गर्ने प्रयास ग¥यो । तर, बिराटनगरका प्रनित थापा (२७) र अमित श्रेष्ठ (२६) बाहेक अरूले राम्रो खेल्न नसकेपछि पुरै टिम ९७ रनमा समेटियो । कप्तान शरद भेषवाकर दुई रनमा आउट भएका थिए ।
बिराटनगरलाई ठूलो रन अन्तरले हराउन घातक र आक्रमम बलिङ गरेका धनगढीका सुशन भारीले तीन विकेट लिए । आरिफ शेख र शौरभ खनालले दुई÷दुई विकेट बाँडे । एक÷एक विकेट रामनरेश गिरी र ललित राजवंशीको नाममा रह्यो ।
लिग चरणका शुरुका तीन खेल गुमाएर प्लेअफ चरणमा पुग्नका लागि निकै सकस गर्नु परेको धनगढी टीम चौराहले त्यसपछि उत्कृष्ट पुनरागमन ग¥यो । धनगढीले त्यसपछिका पाँच वटै खेल जितेपछि डिपिएल च्याम्पियन बनेको छ । धनगढी टिम चौराह गत वर्षको डिपिएल च्याम्पियन समेत हो ।
फाईनलमा अर्धशतक बनाउनुका साथै दुई विकेट समेत लिएका धनगढीका आरिफ शेख म्यान अफ द म्याच भए ।
त्यस्तै, विराटनगर किंग्सका सुशील कँडेल म्यान अफ द सिरीज घोषित भए । उनले पुरस्कार स्वरूप टिभिएस मोटरसाइकल प्राप्त गरे ।
प्रतियोगिताका विजेता उपविजेता टिम तथा खेलाडीहरूलाई एक समारोहबीच युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले ट्रफी, पुरस्कार तथा पदक वितरण गरेका थिए ।

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्छ– मन्त्री श्रीपाइली
युवा तथा खेलकुद मन्त्री श्रीपाइलीले सरकारले धनगढीमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदान निर्माणमा प्राथमिकता दिएको बताए ।
सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग क्रिकेटको शनिबार समापन समारोहमा मन्त्री श्रीपालीले सो क्रिकेट मैदान निर्माणका लागि सरकारले प्राथमिकतामा राखेर वजेट विनियोजन गर्ने र सार्वजनिक–निजी साझेदारीका आधारमा काम अघि बढाइने बताए ।
उनले धनगढी प्रिमियर लिगले नेपाली क्रिकेटको विकास र विस्तारमा महत्त्वपूर्ण भूमिका र योगदान रहेको चर्चा गरे ।
सो अवसरमा आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणले धनगढी मुलुककै अग्रर्ण क्रिकेट शहर बन्ने विश्वास व्यक्त गरे ।
धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिमाञ्चल एकेडेमीको संयुक्त आयोजनामा गत चैत्र २७ गतेबाट शुरु भएको डिपिएलमा मुलुकका छ शहरका छ टिम सहभागी रहेका थिए ।

तस्बिरमा डिपिएल

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार