३१ भाद्र २०८१, सोमबार

एमाले कैलालीले १२३ वडाका उम्मेदवार छान्यो



धनगढी । नेकपा (एमाले) कैलालीको शुक्रवार बसेको सचिवालय बैठकले कैलालीका १३ वटै तहका १२६ मध्ये १२३ वडाका उम्मेदवार तय गरको छ ।
एमाले स्रोतका अनुसार सचिवालय बैठकले १२६ मध्ये १२३ वडा अध्यक्ष छानेको छ । धेरै वडाका वडा सदस्य पनि छानेको छ । जिल्ला अध्यक्ष दीर्घ सोडारीको अध्यक्षता र वैकल्पिक केन्द्रीय सदस्य तथा कैलाली इञ्चार्ज झपट रावलको प्रमुख आथित्यतामा बसेको बैठकले उम्मेदवार छानेको हो ।
बैठकले धनगढी उपमहानगरपालिका, अरू छवटा नगरपालिका र छवटा गाउँपालिका प्रमुख तथा उपप्रमुखको नाम प्रदेश सङ्गठन कमिटीलाई पठाएको छ । उपमहानगर र नगरपालिकामा विकल्प सहितका नाम पठाए पनि गाउँपालिकामा भने एक प्रमुख र उपप्रमुखको नाम मात्र पठाइएको छ ।
प्रदेश कमिटीले कैलालीका १२ सहित सात नम्बर प्रदेशमा ८७ वटा स्थानीय तहका प्रमुख तथा उपप्रमुखको उम्मेदवारीमाथि निर्णय गर्ने बताइएको छ । धनगढी उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम भने केन्द्रीय कमिटीलाई पठाउने छ । प्रदेश कमिटीको बैठक केन्द्रीय उपाध्यक्ष तथा प्रदेश संयोजक भीम रावलको अध्यक्षतामा आज शनिवार धनगढीमा चलिरहेको छ ।
एमाले कैलालीले सिफारिस गरेका मेयर, उपमेयर, गाउँपालिका प्रमुख तथा उपप्रमुख र निर्णय भएका वडाका अध्यक्ष र सदस्यहरूको नाम निम्नअनुसार छ । इअनुमोदन डट कमले सूची प्राप्त भएमा सात नम्बर प्रदेशमा चुनावमा भाग लिने सबै पार्टीका उम्मेदवारहरूको नाम यसै गरेर प्रकाशन गर्ने जानकारी पनि गराइन्छ ।



प्रतिक्रिया दिनुहोस्
विशेष समाचार