३१ भाद्र २०८१, सोमबार

धनगढी उपमहानगरपालिकाको प्रमुख पदमा व्यवसायी गोपाल हमालको उम्मेदवारी घोषणा



धनगढी । धनगढीका व्यापारी गोपाल हमालले धनगढी उपमहानगरपालिकाबाट प्रमुखमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । आज धनगढीमा घोषणा सभा गर्दै हमालले उपमहानगरपालिका क्षेत्रको समृद्धि र विकासको जनचाहानाको प्रतिनिधि पात्रको रूपमा आफू उम्मेदवार बनेको बताए ।
कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका हमालले उपमहानगरपालिकाको विकासका लागि २८ बुँदे घोषणापत्र पनि सार्वजनिक गरे ।
उनले आफू निर्वाचित भएमा ५ वर्षमा मुलुककै समुन्नत शहर बनाउने, धनगढीलाई प्रदेश नम्बर ७ को राजधानी बनाउन लविड्ड गर्ने, यातायात विकास, फोहरमैला व्यवस्थापन गर्ने र पदमा रहँदा उपमहानगरपालिकालाई भ्रष्टाचार मुक्त बनाउने र आफूले उपमहानगरपालिकाबाट सेवासुविधा नलिने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार