७ जेष्ठ २०८१, सोमबार

पत्रकार महासङ्घ अछाममा नयाँ नेतृत्व



धनगढी । नेपाल पत्रकार महासङ्घ अछाम शाखाको बिहीबार सम्पन्न चौथो जिल्ला अधिवेशनबाट जनकराज भण्डारी अध्यक्ष, उपाध्यक्षमा खम्म खत्री, महिला उपाध्यक्षमा गीता कुँवर, सचिवमा होम साउँद, महिला सहसचिवमा मेनुका भण्डारी, खुल्ला सहसचिवमा तपेन्द्र धामी, कोषाध्यक्षमा रमेश रावत चयन भएका छन् ।
यस्तै, सदस्यहरूमा पवित्रा भण्डारी, धनबहादुर साउँद, अम्मर धामी, भवानीप्रसाद भण्डारी, पुष्पराज उपाध्याय, रमेश परियार, नेत्र भण्डारी, दलित सदस्यबाट विक्रम परियार, जनजातिबाट गोरिकला परियार रहेका छन् ।
केन्द्रीय पार्षदमा बेदप्रकाश तिमिल्सेना, रामबहादुर कुवँर, खडक विष्ट, यज्ञराज ढुंगाना, दीर्घपाणी उपाध्याय, टंकप्रसाद रिमाल, पूर्णबहादुर खड्का, राधा आचार्य, एकिन्द्र कुँवर, पहल साउँद, राजेन्द्र कुँवर, कृष्ण बुढा, सरस्वती रावल, जङ्ग केसी, सुमन परियार, जनक रावत रहेका छन् ।
यस्तै, प्रदेश पार्षदमा शिवराज खत्री, नरेन्द्र रावल, धर्मेन्द्र बिसी, हर्क विष्ट, बमबहादुर स्वाँर, रामप्रसाद न्यौपाने, महेश कुवँर, प्रेम धामी, चन्द्र थापा, लालबहादुर चदारा, सुरत सुनार, कविता ठकुल्ला, कृष्ण कँुवर, विधुत्मा आउजी, भारती परियार, प्रेम चौधरी, टंक धामी, खेम ढकाल, नवीन साउँद, यज्ञमान कुँवर र जगत जैगडी सर्वसम्मत निर्वाचित भएका केन्द्रीय प्रतिनिधि भवानी ऐरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार