५ जेष्ठ २०८१, शनिबार

चितुवाको छालासहित एक पक्राउ



धनगढी । नेपाल प्रहरीको क्षेत्रीय अनुसन्धान समूह (आरआईटी)) टोलीले चितुवाको छालासहित एक जनालाई पक्राउ बुधवार पक्राउ गरेको छ ।
टोलीले गोप्य सूचनाका आधारमा बैतडी पाटन नगरपालिका–६, बजारबाट शिवनाथ गाउँपालिका–६ का ३३ वर्षीय महेशसिंह सुतारलाई चितुवाको छालासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीसँग पाँच फिट नौ ईञ्च लम्बाई र एक फिट ११ इन्च चौडाईको चितुवाको छाला एक थान बरामद भएको थियो । सुतारलाई इलाका प्रहरी कार्यालय पाटन बैतडीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार