१० श्रावण २०८१, बिहीबार

आसन्न स्थानीय निर्वाचन : निर्वाचन कार्यालय सञ्चालनमा



धनगढी । निर्वाचन आयोगले कैलालीमा निर्वाचन कार्यालय सञ्चालनमा ल्याएको छ । धनगढीको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य तालिम निर्देशनालयको भवनमा सो कार्यालय स्थापना गरिएको छ ।
आगामी ३१ (बैशाख) का लागि निर्धारित स्थानीय तह निर्वाचन व्यवस्थापन गर्न आयोगले आइतबारदेखि कैलालीसहित देशभरी नै जिल्ला निर्वाचन कार्यालय सञ्चालनमा ल्याएको जनाइएको छ ।
क्षेत्रीय निर्वाचन कार्यालयका निर्वाचन अधिकृत मोहनदेव अर्यालले कैलालीसहित देशका सबै ७५ जिल्लामा आइतबारदेखि निर्वाचन कार्यालय खुलेका र त्यसको नेतृत्व मुख्य निर्वाचन अधिकृतले गर्ने जानकारी दिए । निर्वाचन आयोगले केही समयअघि जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्ति गरेको थियो ।
कैलालीमा निर्वाचन कार्यालयको जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत धनसिंह महराले ब्यानर खोलेर उद्घाटन गरे । कार्यालय स्थापनापछि जिल्लाको निर्वाचनलाई व्यवस्थित रूपमा सञ्चालन गर्न कर्मचारी परिचालनदेखिका सम्पूर्ण जिम्मेवारी मुख्य निर्वाचन अधिकृतलाई सुम्पिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार