१० श्रावण २०८१, बिहीबार

गहुँको मूल्य निर्धारण गर्न ध्यानाकर्षण



कञ्चनपुर । मानवअधिकार निगरानी समूह, कञ्चनपुर र इन्सेक क्षेत्रीय कार्यालय धनगढीले कञ्चनपुरमा गहँुको समर्थन मूल्य निर्धारण गर्न प्रशासनसँग माग गरेको छ ।
मानवअधिकार निगरानी समूहका जिल्ला संयोजक कृष्णसिंह देउवासहितको टोलीले बिहीबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीलाई गहँुको मूल्य निर्धारण गर्न, जिल्लामा अखाद्य वस्तुहरूको बिक्री नियन्त्रण गर्न तथा नियमित बजार अनुगमन गर्न माग गर्दै ध्यानाकर्षण गरेको जनाइएको छ ।
मानवअधिकार निगरानी समूहका सचिव कोमलनिरञ्जन भाटले प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले छिट्टै गहँुको समर्थन मूल्य निर्धारण गर्न आवश्यक प्रक्रिया थालिने जानकारी दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार