१० श्रावण २०८१, बिहीबार

धनगढी प्रिमियर लिग : बिराटनगर र काठमाडौँ गोल्डेन्स विजयी



धनगढी । धनगढीमा जारी धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको मङ्गलवार भएका खेलमा विराटनगर किङ्स र काठमाडौँ गोल्डेन्स विजयी भएका छन् ।
कप्तान शरद भेषवाकर ब्याटिङ र बलिङ दुवैमा चम्केपछि विराटनगर किङ्सले टिम्स चौराह, धनगढीलाई पराजित गरेको छ । टिम्स चौराह गत वर्षको डिपिएलको च्याम्पियन हो ।
बिराटनगरले धनगढी टिम्स चौराहलाई २३ रनले हराएको हो । अर्को खेलमा काठमाडौँ गोल्डेन्सले कञ्चनपुर आईकोनिकलाई २४ रनले पराजित गर्‍यो । काठमाडौँ गोल्डेन्सले सोमबार भएको आफ्नो पहिलो खेल भने गुमाएको थियो ।
सेती अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा मङ्गलवार भएको पहिलो खेलमा पहिले ब्यादिङ गरेको बिराटनगर किङ्सले निर्धारित २० ओभरको खेलमा छ विकेट गुमाएर एक सय ३४ रन स्कोर बनाएको थियो ।
बिराटनगरका कप्तान शरद भेषवाकरले सर्वाधिक ४६ रन बनाए । त्यस्तै, अनिल शाहले २८, प्रनित थापामगरले २१, अमित श्रेष्ठले १९ तथा आशिफ शेखले १० रन बनाए ।
प्रतिउत्तरमा टिम्स चौराह धनगढी निर्धारित २० ओभरमा एक सय १० रनमा नै सीमित भयो । बिराटनगरलाई जीत दिलाउन मुख्य भूमिका निर्वाह गरेका कप्तान भेषवाकरले तीन विकेट लिए । उनी नै बेल्स क्याफे म्यान अफ द म्याच पनि घोषित भए । त्यस्तै, सुशील कँडेलले तीन तथा जीतेन्द्र मुखियाले दुई र दीपेन्द्र ऐरीले एक विकेट लिए ।
बिराटनगरको कसिलो तथा घातक बलिङ सामु टिम्स चौराहका ब्याट्सम्यान खासै टिक्न सकेनन् । टिम्स चौराह धनगढीका अमर रौटेलाले २६ तथा अनिल मण्डलले २४ रन बनाए ।
मङ्गलवार नै भएको दोस्रो खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ४७ रन बनायो ।
काठमाडौँका लागि भूवन कार्कीले अविजित ३६ रन बनाए । त्यस्तै, सुवेन्दु पाण्डेले १९, कप्तान वसन्त रेग्मीले १४, नरेश बुढाएरले १० र मञ्जीत श्रेष्ठले १६ रन तथा सन्दीप झोराले अविजित १३ रन बनाए ।
कञ्चनपुरका अविनाश कर्णले तीन विकेट लिए ।
एक सय ४८ रनको विजयी लक्ष्य पछ्याएको कञ्चनपुरले निर्धारित २० ओभरमा नौ विकेट क्षतिमा एक सय २३ रन मात्रै बनायो
सुरुवात राम्रो भए पनि कञ्चनपुरका मध्य र पुछारका ब्याट्सम्यानहरूको प्रदर्शन राम्रो रहने । कञ्चनपुरका सागर पुनले ४० र सुनिल धमलाले १४ रन बनाएर राम्रो सुरुवात गरेका थिए ।
तर, हशिम अन्सारीले १८ र अविनाश कर्णले अविजित १३ रन बनाए पनि अरू खेलाडी दोहोरो अङ्कमा पुगन सकेनन् ।
काठमाडांैका वसन्त रेग्मी र सन्तोष भट्टले दुई/दुई विकेट लिए । खेलको वेल्स क्याफे म्यान अफ द म्याच भुवन कार्की घोषित भए ।
प्रतियोगिताको आज (बुधवार)को पहिलो खेल सिवाईसी अत्तरिया र रूपन्देही च्यालेन्र्जस तथा दोस्रो खेल विराटनगर किङ्स र काठमाडौँ गोल्डेन्सबीच हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार