२३ बैशाख २०८१, आईतवार

आजदेखि सगरमाथा डिपिएल क्रिकेट



धनगढी । आज (आइतबार) देखि धनगढीमा सगरमाथा सिमेण्ट धनगढी प्रिमियर लीग (डिपिएल) क्रिकेट सुरु हुँदैछ । प्रतियोगिताको पूर्वसन्ध्यामा शनिवार लीगको ट्रफी सार्वजनिक गरियो । लीगको ट्रफी एक कार्यक्रमबिच धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले सार्वजनिक गरे ।
डिपिएलमा देशभरिका ६ टिमको सहभागिता रहेको छ । उद्घाटन खेलमा नेपाल–११ र धनगढी–११ बिच प्रतिस्पर्धा हुने जनाइएको छ । ट्रफी सार्वजनिक कार्यक्रममा नेपाल–११ का कप्तान पारस खड्काले प्रतियोगिताले ड्रिम फाप्ला प्रोजेक्ट अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
धनगढी क्रिकेट एकेडेमी (डीसीए) र सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) को संयुक्त आयोजनामा हुन लागेको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लीग (डीपीएल) नेपालको सबैभन्दा ठुलो धनराशि पुरस्कार रहेको प्रतियोगिता हो ।
प्रतियोगिताको च्यारिटी खेलबाट भएको आम्दानीको रकम ड्रिम फाप्लाको निर्माणमा सहयोग गरिने एकेडमीका अध्यक्ष शाहीले बताए ।
प्रतियोगितामा सीवाईसी अत्तरियाका कप्तान ज्ञानेन्द्र मल्ल, विराटनगर किङ्सका कप्तान शरद भेषावकर, काठमाडौँ गोल्डेन्सका कप्तान वसन्त रेग्मी, रूपन्देही च्यालेन्जर्सका शक्ति गौचन, कञ्चनपुर आइकोनिकका विनोद भण्डारी र टिम चौराहा धनगढीका कप्तान पारस खड्का रहेका छन् ।
प्रतियोगिताका विजेतालाई १५ लाख र उपविजेतालाई सात लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगिता टि–२० का आधारमा हुने छ । लीग चरणमा प्रत्येक टिम एकापसमा एक–एक खेल खेल्ने जनाइएको छ । शीर्ष चार टोली प्ले–अफमा पुग्ने छन् ।
यस्तै, सिवाईसी अत्तरियाले शनिवार पत्रकार सम्मेलन गरेर टिम र टिमको जर्सी सार्वजनिक गरेको थियो ।

 

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार