१२ श्रावण २०८१, शनिबार

एमालेप्रति जनविश्वास बढ्दै : उपाध्यक्ष रावल



बौनिया (कैलाली) । नेकपा (एमाले) उपाध्यक्ष भीम रावलले स्थानीय तहको निर्वाचन घोषणासँगै एमालेप्रति जनविश्वास बढ्दै गएको बताएका छन् ।
शुक्रवार एमाले बर्दंगोरिया गाउँपालिकाले आयोजना गरेको एक जनसभामा उनले एमाले पार्टी प्रवेशलाई स्वागत गर्दै उनले स्थानीय तहको निर्वाचनमा एमाले प्रमुख दलको रूपमा स्थापित हुने दाबी गरे ।
उनले अब स्थानीय तहको निर्वाचन कसैले चाहँदैमा नरोकिने बताउँदै तोकिएकै समयमा निर्वाचन हुने विश्वास व्यक्त गरे ।
यस्तै, उनले कमैया प्रथा र कमलरी प्रथाको अन्त गर्नका लागि आवाज उठाउने पार्टी एमाले भएको बताए ।
सो जनसभामा कैलाली उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष कर्ण कुँवरसहित एक हजार एक सय ३५ जना एमालेमा प्रवेश गरेका थिए । पार्टी प्रवेश गर्नेमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रका विभिन्न जिल्ला, नगर, गाउँपालिका र वडा कमिटीका पदाधिकारी रहेका छन् ।
कार्यक्रममा पार्टीका वैकल्पिक पोलिट ब्युरो सदस्य कर्ण थापा, वैकल्पिक केन्द्रीय सदस्य झपट रावल, जिल्ला अध्यक्ष दीर्घ सोडारी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन जयरूप खतिवडाले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार