२३ बैशाख २०८१, आईतवार

सुदूरपश्चिममा हावाहुरी र असिना बृष्टि



धनगढी । मङ्गलवारदेखि पश्चिमका उच्च हिमाली र पहाडी भूभागसंगै तराईका पहाडी स्थानमा हावाहुरीसंगै असिना बृष्टि भएको छ ।
कैलालीको मोहन्याल गाउँपालिकामा बढी असिना पानी परेको स्थानीयले बताए । सो गाउँपालिकाको वडा नम्बर ३, भत्कुडी, सल्लेरी, कायजुक, कुइरेली लगायतका पहाडी क्षेत्रमा असिनापानी पर्दा पाकेको गहँुबालीमा क्षति पुगेको छ ।
यस्तै, साविक सुगरखाल गाविको हात्तीखाल क्षेत्रमा दुई इञ्च बाक्लो असिना परेको छ । करिब दुई घण्टा परेको असिना पानीका कारण किसानले लगाएका गहुँबाली नराम्ररी नष्ट भएको स्थानीयले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार