२३ बैशाख २०८१, आईतवार

आसन्न स्थानीय तह निर्वाचन : दलहरू उम्मेदवार छनोटमा व्यस्त



बझाङ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा बझाङका दुई नगरपालिका र १० वटा गाउँपालिकामा उम्मेदवार बनाउन सबै दलहरू व्यस्त रहेका छन् । विभिन्न दलका नेताहरू टिकट पाउन जिल्लादेखि केन्द्रसम्मको दौडधुपमा रहेका छन् ।
जिल्लाको सदरमुकाम समेत रहेको जयपृथ्वी नगरपालिकामा काँग्रेसबाट भक्तराज जोशी, हिरेन्द्र छत्याल, दलबहादुर विष्ट, राजेन्द्र खडका, मोतीलाल उपाध्याय, नवराज विष्ट र पुष्प सिंह नगर प्रमुखको उम्मेदवारीका आकांक्षी रहेका छन् ।
नेकपा (एमाले)बाट सुरज सिंह, निलगगन रोसन सिंह, खडक खडका, वीरेन्द्र खडका, कलक धामी र सोनु सिंहबीच प्रतिस्पर्धा देखिएको छ ।
त्यस्तै, नेकपा माओवादी केन्द्रबाट सुरज सिंह, शिवराज जोशी, नरेन्द्र खडका र हर्कराज जोशी सम्भावित उम्मेदवार रहेको जनाइएको छ ।
नेपाली काँग्रेसले जिल्लाका दुई वटै नगरपालिकामा र छ गाउँपालिकामा आफ्नो स्थान बलियो रहेको दाबी गरेको छ ।
नेकपा (एमाले)ले सात गाउँपालिका र एक नगरपालिकामा आफू बलियो भएको दाबी गर्दै आएको छ । माओवादी केन्द्रले पनि पाँच वटा गाउँपालिका र एक नगरपालिकामा आफ्नो पकड रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार