५ जेष्ठ २०८१, शनिबार

बाजुरामा स्थानीय तह निर्वाचनको सरगर्मी



बाजुरा । स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमालेले जिल्लाका चारवटा नगरपालिकामा विशेष ध्यान केन्द्रित गरेका छन् ।
जिल्लाका चारवटा नगरपालिकामध्ये बुढीनन्दामा काँग्रेसले पदम गिरी, नारायण पाध्याय, रामबहादुर बोहरा र नरेन्द्र रोकायामध्ये एकलाई अघि सार्ने तयारी गरेको छ ।
त्यस्तै, एमालेले बलदेव रेग्मी, जनक बोहरा, जंगकुमार गिरी वा पुरबहादुर रावतलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।
यसै गरी, बडिमालिका नगरपालिकामा काँग्रेसले पदम बडुवाल, धनराज पण्डित र विश्वराज पण्डितमध्ये एकलाई टिकट दिने जनाइएको छ । एमालेमा गगन रावल वा अमर खड्का मेयरका उम्मेदवार हुने बताएको छ ।
बुढीगंगा नगरपालिकामा काँग्रेसले मनबहादुर रावल, दीपक शाह वा चक्र शाहलाई अघि सार्दैछ भने एमालेले चन्द्रबहादुर थापा वा रामबहादुर बाँनियालाई उम्मेदवार बनाउँदैछ ।
त्यस्तै, अर्को नगरपालिका त्रिवेणीमा काँग्रेसले रामसिंह रावत वा रनसिंह अयडी र एमालेले विष्णु अयडी, जंगकुमार बुढा वा शेरबहादुर शाहीलाई अघि सार्ने भएको छ ।
जिल्लाका गाउँपालिकामध्ये छेडेदहमा काँग्रेसले पदम शाही, मीन धामी वा दिलबहादुर बुढा तथा एमालेले लालबहादुर ओली, मनदेवी ओली वा दीपक रावतलाई अघि सार्ने भएको छ ।
गौमुल गाउँपालिकामा काँग्रेसले देवबहादुर रोकाया, उमा रोकाया वा दीपा बोहरा र एमालेबाट हरि रोकाया, तुलसीराम रोकाया वा गोरख बोहरा उम्मेदवार बन्दैछन् ।
त्यस्तै, हिमाली गाउँपालिकामा काँग्रेसले गोविन्द्र मल्ल र एमालेले अजबहादुर मल्ल तथा माओवादी केन्द्रबाट अर्जुन बुढाले टिकट पाउने पक्का झैँ भएको छ ।
त्यस्तै, स्वामिकात्र्तिक गाउँपालिकामा काँग्रेसबाट भरत रोकाया वा अरुण शाही, एमालेबाट चिरञ्जीवी शाही, राजबहादुर गिरी वा नन्दबहादुर शाही तथा माओवादी केन्द्रबाट राजेन्द्र बुढा वा सुरेश विक उम्मेदवार बन्ने भएका छन् ।
त्यस्तै, पाण्डवगुफा गाउँपालिकामा एमालेले जनककुमार विष्ट वा वीरबहादुर शाही र माओवादी केन्द्रले विनिता विक वा महेश शाहीलाई उम्मेदवार बनाउने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार