२१ भाद्र २०८१, शुक्रबार

६० लाखको लगानीमा खप्तड रेष्टुरेण्ट



धनगढी । कैलालीको धनगढीमा पारिवारिक वातावरणीय सहित आधुनिक रेष्टुरेण्ट सञ्चालनमा आउने भएको छ । धनगढी उपमहानगरपालिका–५, हसनपुर खप्तड रेष्टुरेण्ट सञ्चालनमा आउन लागेको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
झन्डै ६० लाखको लगानीमा उक्त रेष्टुरेण्ट सञ्चालनमा ल्याउन लागेको होटलका सञ्चालक रमणचन्द्र श्रेष्ठले बताए । रेष्टुरेण्टको आज (शुक्रवार)बाट सञ्चालनमा ल्याईने उनले बताए ।
२५ जना अटाउने खाजा कक्ष, ३० वटा गोप्य क्याविन, २२ जनालाई बस्न मिल्ने दुई कोठा, एक कार्यक्रम सभा हल, विवाह, व्रतबन्ध लगायतका लागि दुई सय ५० जनासम्म अटने रेष्टुरेण्ट रहेको उनले बताए ।
उनले खप्तड क्षेत्रको प्रवद्र्धन गर्न रेष्टुरेण्ट सञ्चालनमा ल्याएको बताउँदै बताए । ‘एक वर्षभित्र रेष्टुरेण्टको शाखा खप्तड क्षेत्रमा विस्तार गर्ने छु ।’ उनले खप्तड नेपालकै उत्कृष्ट ठाउँ भए पनि होटेल व्यवस्थापनमा कमी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार