१ जेष्ठ २०८१, मंगलवार

नगरपालिकाको कृषि बजेट ‘थारू आलु’ प्रवद्र्धनमा खर्च गर्न माग



भजनी । भजनी नगरपालिकाले कृषिको विकासका लागि छुट्टयाएको बजेटलाई स्थानीय थारू आलुको प्रवद्र्धनमा खर्च गर्न माग गरिएको छ ।
नगरपालिकाले लक्षित समूहका लागि छुट्टयाउने बजेटमध्ये कृषि क्षेत्रको विकाका लागि छुट्टयाएको ५० हजार रुपैयाँ थारू आलुको प्रवद्र्धनमा खर्च गर्न माग गरेको हो ।
किसान महासङ्घको साविक खैलाड गाविसस्तरीय समितिको बुधवार सम्पन्न बैठकले सो माग गरेको हो ।
फाया नेपालको क्षेत्रीय खाद्य सुरक्षा सुशासन परियोजनाका संयोजक लक्ष्मीभक्त जोशीका अनुसार लोप हुने अवस्थामा पुगेको अत्यन्तै पोषिलो स्थानीय थारू आलुको प्रवद्र्धन गर्नका लागि किसान महासङ्घले माग गरेको हो ।
महासङ्घको बैठकमा भजनी नगरपालिकाको वडा नम्बर १४ का वडा सचिव सुमन चौधरी, पशुसेवा केन्द्रका प्राविधिक रमेशराज रेग्मीले आ–आफ्नो कार्यालयले किसानहरूलाई दिने सेवाका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार