१० श्रावण २०८१, बिहीबार

स्थानीय तह शासन सञ्चालनसम्बन्धी अभिमुखीकरण



धनगढी  । स्थानीय तहको शासन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी सात नम्बर प्रदेशस्तरीय अभिमुखिकरण कार्यक्रम मंगलबारदेखि धनगढीमा शुरु भएको छ ।
देशका सातवटै प्रदेशमा एकै साथ शुरु भएको अभिमुखिकरण कार्यक्रमको भक्तपुरमा आयोजित कार्यक्रममा उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले उद्घाटन गरेका थिए ।
भक्तपुरमा आयोजित कार्यक्रमको अनलाइन प्रत्यक्ष प्रसारण गरी अन्य प्रदेशका कार्यक्रम पनि उद्घाटन गरिएका थिए ।
कार्यक्रममा उपप्रधान तथा स्थानीय विकास मन्त्री थापाले लामो समयदेखि स्थानीय निकाय कर्मचारीका भरमा सञ्चालन गरिएको र अब हुने स्थानीय निर्वाचन हुन्जेल स्थानीय तहलाई व्यवस्थित बनाउन कर्मचारीलाई निर्देशन दिए ।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आयोजनामा तिन दिनसम्म सञ्चालन हुने अभिमुखिकरण कार्यक्रममा देशभरका स्थानीय तह गाउँपालिका र नगरपालिकाका कार्यकारी अधिकृतहरूको सहभागिता रहेको छ । धनगढीमा शुरु भएको ७ नम्बर प्रदेशस्तरीय अभिमुखिकरण कार्यक्रममा यस प्रदेशका ८८ जना कार्यकारी अधिकृतहरूको सहभागिता रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार