५ जेष्ठ २०८१, शनिबार

बँदेलद्वारा गहुँबालीमा क्षति



धनगढी । धनगढी उपमहानगरपालिका–३, बोराडाँडीमा केही दिनदेखि जंगली बँदेलको एक हुलले क्षति पुर्‍याइरहेको छ ।
स्थानीयका अनुसार हरेक राति एक हुल जंगली बँदेलले पाकेको गहुँबालीमा क्षति पुर्‍याउन थालेका छन् । बँदेललाई भगाउन स्थानीय किसानले रातभरि जाग्राम बस्ने गरेको उनीहरूले बताए ।
बोरडाँडीको शिवनगरटोलमा प्रत्येक रातीको समयमा आउने जंगली बँदेलको हुलले पाकेको गहुँबाली नष्ट गर्ने गरेको स्थानीय करन कँुवरले बताए ।
उनले यसअघि कहिल्यै गाउँमा नआउने जंगली बँदेल यसपालि मात्रै देखापरेको उनले बताए ।
नजिकै रहेको लालझाँडी सामुदायिक वनबाट बोराडाँडी गाउँमा बदेलको हुल आउने गरेको स्थानीयले बताए । बँदेलको हुलले कबिर २० बिघा जमिनमा लगाएको गहुँवालीमा क्षति पुर्‍याएको स्थानीय गणेश कुँवरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार