६ जेष्ठ २०८१, आईतवार

चोरीको कार बरामद



धनगढी । सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह (आरआईटी) टोलीले सोमबार एउटा चोरीको कार बरामद गरेको छ ।
भारतबाट चोरी गरेर नेपालमा बिक्री गर्न लागेको अवस्थामा आरआइटीको टोलीले सो कार बरामद गरेको सुदूरपश्चिम प्रहरी प्रमुख, प्रहरी नायव महानिरिक्षक रोवेन्द्रसिंह देउजाले जानकारी दिए ।
भारतबाट चोरी गरेर बिक्रीका लागि ल्याइएको एचआर १२ एवि ४४२० भारतीय नम्बरको हुन्डाई कम्पनीको सो कार आरआइटीको टोलीले अत्तरिया नगरपालिका–१३ को सडक किनारामा बरामद गरेको उनले बताए ।
यस्तै, टोलीले गत बिहीबार पनि धनगढी उपमहानगरपालिका–१२, बेलादेविपुरमा नम्बर प्लेट नभएको होन्डा कार गोप्य सूचनाका आधारमा बरामद गरेको प्रहरी नायव महानिरीक्षक देउजाले जानकारी दिए ।
उनले सो कार चैत ४ गते नै र सोमबार बरामद भएको हुन्डाई कारलाई आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय बुझाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार