३ जेष्ठ २०८१, बिहीबार

सिलाईकटाई तालिम



बौनिया । कैलालीको कोटातुल्सीपुर गाविसस्तरीय दलित सेवा समाजको आयोजनामा सोमबारदेखि सिलाईकटाई तालिम सुरु भएको छ । तालिम तीन महिनासम्म सञ्चालन हुने जनाइएको छ ।
कोटातुल्सीपुर गाविसस्तरीय दलित सेवा समाजको आयोजना तथा साविक कोटातुल्सीपुर गाविसको आर्थिक सहयोगमा सुरु भएको तालिमको वर्दगोरिया गाउँपालिका निमित्त कार्यकारी प्रमुख गोविन्दराज रेग्मीले उद्घाटन गरे ।
कोटातुल्सीपुर गाविसस्तरीय दलित सेवा समाजका अध्यक्ष पदम विकको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल दलित पार्टीका केन्द्रीय कोषाध्यक्ष कृष्ण ताम्राकार र कोटातुल्सीपुर स्वास्थ्य चौकी ईञ्चार्ज भूपेन्द शाह, नेपाली काँग्रेसका बमबहादुर बम, नेकपा माओवादी केन्द्रका विष्णु चौधरी, नयाँशक्ति नेपालका लौटन चौधरी, नेपाल दलित पार्टीका जिल्ला अध्यक्ष चक्र सुनार, प्रसादे कामी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कोटातुल्सीपुर गाविसस्तरीय दलित सेवा समाजका सचिव निर्मला सुनारले स्वागत गरेको सो कार्यक्रमको महालक्ष्मी आर्दश युवा क्लबका अध्यक्ष पुष्कर सुनारले सञ्चालन गरेका थिए ।
तालिममा ५० जना महिलाको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार