१० श्रावण २०८१, बिहीबार

डडेल्धुरा–काठमाडौँ रुटमा एसी बससेवा



डडेल्धुरा  । डडेल्धुरामा स्थापना भएको उग्रतारा सार्वजनिक यातायात व्यवसायी समिति एयर सस्पेन्सन एसी बस सञ्चालनमा ल्याएको छ ।
बिहीबार एक कार्यक्रमबिच नेपाल राष्ट्रिय यातायात व्यावसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वॉरले डडेल्धुरा–काठमाडौँ‘ रुटका लागि डडेल्धुराको बागबजार बसपार्कमा रिवन काटेपछि मिनि क्यान्टिन, शौचालय लगायतका सुविधासहितको बस सेवा सुरु भएको छ ।
समितिका अध्यक्ष सन्तोषकुमार खड्काले नेपालमा अहिलेसम्म पर्यटकका लागि मात्र शौचालयसहितको बसहरू सञ्चालनमा रहेको सर्वसाधारणका लागि पनि यस्ता अत्याधुनिक सुविधासहितका बस सेवा सञ्चालनमा ल्याइएको बताए ।
कार्यक्रममा राष्ट्रिय यातायात व्यावसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष स्वॉरले नागरिकले सोचे र चाहेको जस्तो सेवा यातायात व्यवासायीहरूले दिनुपर्ने बताए ।
डडेल्धुरा जिल्लामा प्रधान कार्यालय स्थापना गरी २०६३ बाट सेवा सुरु गरेको उग्रतारा सार्वजनिक यातायात व्यवसायी समितिले २०७१ सालमा डडेल्धुरा–काठमाडौँ घटाल डिलक्स बस सेवा सुरु गरेको थियो ।
पहिलो पटकका लागि छवटा बसबाट सेवा सुरु गरिएको उग्रतारा सार्वजनिक यातायात व्यवसायी समितिका अध्यक्ष खड्काले जानकारी दिए ।
ती बसमा मिनी क्यान्टिन, शौचालय, वाईफाई, एलईडी टिभी, म्युजिक, रिडिङ लाईट, सेवा उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार