१ जेष्ठ २०८१, मंगलवार

जेके अटोमोवाइल्सको उपहार योजना



धनगढी  ।  जेके अटोमोवाइल्स धनगढीले नयाँ वर्ष २०७४ को विशेष अवसरमा टिभीएस बाइक र स्कुटर खरिदमा
नगद छुटसहित उपहारको योजना ल्याएको छ ।
नयाँ वर्षको अवसरमा टिभीएस कम्पनीको बाइक र स्कुटर खरिदमा नगद छुट सहित उपहार योजना ल्याएको जेक अटोमोवाईल्सका चियरमेन झपट बोहरा जानकारी दिए । बजारमा सबै मोडेल सहित नयाँ लुक्समा आएका कम्पनीको बाईक र स्कुटर खरिदमा ग्राहकहरूको फाइदाका लागि नगद छुट र उपहार योजना ल्याएको उनले जानकारी दिए ।
साथै ग्राहकहरूको सहुलियतका लागि फाइनान्स, एक्सचेन्जका साथै विक्री पश्चात् गुणस्तरीय सेवा सुविधा पनि प्रदान गर्दै आएको बताए ।
सोही अवसरमा सोमबार नेपालका लागि आधिकारिक विक्रेता शङ्कर ग्रुप अन्तर्गतको जगदम्बा मोर्टस् र जेके अटोमोवाइल्स धनगढीको संयुक्त आयोजनामा जेके जगदम्बा टिभीएस र्‍याली निकालिएको थियो ।
आन्तरिक तथा बाह्य धार्मिक पर्यटन प्रर्बद्धनका लागि र्‍याली निकालिएको उनले बताए । र्‍यालीको उद्घाटन नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष जगत साउँदले गरेका थिए । र्‍याली सुदूरपश्चिमको गौरवका रूपमा रहेको उत्तररामेश्वर शिवपुरी धाम, जोखर ताल लगायत धनगढीको सबै धार्मिक पर्यटकीय ठाउँके परिक्रमा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार