३ जेष्ठ २०८१, बिहीबार

भैंसीपालनसम्बन्धी अभिमुखीकरण



धनगढी  ।  फाया नेपाल र धनगढी नगरस्तरीय किसान महासङ्घको संयोजनमा जिल्ला पशुसेवा कार्यालय, पशुसेवा केन्द्र, गेटाको सहयोगमा धनगढीस्थित समाज सुधार कृषक समूहमा भैसीपालन सम्बन्धी अभिमूखिकरण कार्यक्रम शनिवार धनगढीको बोराडाँडीमा भएको छ ।
फाया नेपालद्वारा सञ्चालित क्षेत्रीय खाद्य सुरक्षा सुशासन परियोजना अन्तर्गत गठित कृषक समूहका पशुपालकहरूलाई गाई तथा भैंसीपालनमा सहयोग पुगोस् भन्ने उद्देश्यका अभिमूखिकरण कार्यक्रम आयोजना गरिएको नगरस्तरीय किसान महासङ्घका सचिव अक्कल विष्टले जानकारी दिए ।
अभिमूखिकरण कार्यक्रममा गाई तथा भैंसीपालन, व्यवस्थापन, लाग्ने रोग, उपचार विधि र प्रक्रिया, चरन क्षेत्र, सन्तुलित आहार आदिका बारेमा पशुसेवा केन्द्र धनगढीका पशु प्राविधिक नरेन्द्रराज जोशीले सहजीकरण गरे ।
अभिमुखिकरण कार्यक्रममा फाया नेपालका राजेन्द्र रैका, समाज सुधार कृषक समूहका सचिव कोषराज भट्ट लगायतकाले मन्तव्य व्यक्त गरे । कार्यक्रम कृषक समूहका अध्यक्ष अक्कल विष्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार