१ जेष्ठ २०८१, मंगलवार

जेसीजका सदस्यद्वारा १० लाख बढीको सेयर खरिद



धनगढी  ।  धनगढी जेसीजद्वारा आयोजित सेयर सम्बन्धी कार्यक्रममा धनगढी जेसीजका सदस्यहरूले नवजीवन सहकारी संस्था लिमिटेडको १० लाख २१ हजार रुपैयाँको सेयर खरिद गरेका छन् । कार्यक्रममा ५८ जनाले न्यूनतम पाँच हजारदेखि एक लाख रुपैयाँ सम्मको सेयर खरिद गरेका थिए ।
कार्यक्रममा नवजीवनका महाप्रबन्धक मोहनराज भट्ट र नायव महाप्रबन्धक चेतराज पनेरूले नेपालमा सेयर बजार सम्बन्धी जानकारी गराएका थिए ।
धनगढी जेसीजका अध्यक्ष टेकराज पनेरूको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव श्याम पाठकले गरेका थिए । कार्यकारी उपाध्यक्ष यज्ञराज ओझाले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार