१ जेष्ठ २०८१, मंगलवार

किसान सहकारीको कर्जा लगानी डेढ अर्ब



धनगढी  ।  किसान वहुउद्देश्य सहकारी संस्था, कैलालीको २०७३ माघ मसान्तसम्म कर्जा लगानी एक अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।
यस वर्षको माघ मसान्तसम्म ६५ करोड रुपैयाँ निक्षेप सङ्कलन भएको संस्थाका धनगढी शाखा प्रमुख शङ्कर न्यौपानेले बताए ।
नेपाल राष्ट्र बैङ्कबाट २०५४ सालमा वित्तीय कारोबार गर्न पाउने स्वीकृति पाएको सो संस्थाले २०६४ सालबाट कैलालीमा १८ वटा शाखामार्फत लघुवित्त कार्याक्रम सञ्चालन गरिरहेको छ । सो संस्थामा हालसम्म करिब ४० हजार सदस्य आबद्ध रहेका छन् ।
त्यस्तै, सो संस्थाले पाँच वटा शाखामा कृषि परियोजना सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार