१० श्रावण २०८१, बिहीबार

विविध कार्यक्रमसहित नारी दिवस मनाइयो



धनगढी  ।  ‘महिला सम्मानको आधार, सीपयुक्त हात र स्वरोजगार’ भन्ने मूल नाराका साथ बुधवार कैलालीमा पनि १०७ औँ विश्व अन्तर्राष्ट्रिय नारी दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।
अन्तर्राष्ट्रिय नारी दिवस न्यूयोर्कका महिलाले गरेको सङ्घर्षमा विश्व भरी मनाइने गरेको हो । सन् १९०७ को ८ मार्चको दिन महिलालाई उचित ज्याला र १० घण्टा कामको माग गर्दै सङ्घर्ष श्ुारु गरे । सन् १९०८ को ८ मार्चका दिन श्रमिक महिलाले मताधिकार पाउनुपर्ने माग राख्दै सोही दिनको सम्झनामा १९१० देखि अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालिएको हो ।
दिवसको अवसरमा जिल्ला समारोह समिति कैलालीले धनगढीको ट्राफिक चौराहदेखि जिल्ला विकास समितिको प्राङ्गणसम्म र्‍यालीको आयोजना गरेको थियो । र्‍यालीमा कैलाली प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, स्थानीय विकास अधिकारी केशवप्रसाद विमली, सरकारी कार्यालयका प्रमुख, सङ्घ/संस्थाका प्रतिनिधि, सरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा ‘लैंगिक हिंसाको अवस्था’ विषयक् अन्तक्र्रिया कार्यक्रमको भएको थियो । कैलाली प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय विकास अधिकारी केशवप्रसाद विमलीले उद्घाटन गरेका थिए ।
महिला तथा बालबालिका कार्यालयका निमित्त कार्यालय प्रमुख पूजा काफ्लेले जिल्लामा लैंगिक हिंसाको वर्तमान अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिइन् ।
यस्तै, विभिन्न विद्याका सात जना महिलालाई सम्मानित गरिएको छ । सम्मानित हुनेमा रूपा राई, एलिना चौधरी, सोकमली चौधरी, सुदामा राना, वसन्ती चौधरी, पवनकुमारी स्वाँर रहेका छन् । उनीहरूलाई सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
यता एमाले सम्बद्ध अखिल नेपाल महिला सङ्घले धनगढी नगर कमिटी अध्यक्ष सानु साउँदको अध्यक्षतामा कार्यक्रम गरेको छ । विश्वज्योति महिला विकास सहकारी संस्था अत्तरियाले अध्यक्ष तुलसी देवकोटाको अध्यक्षतामा कार्यक्रम गरेको छ ।
उता, कैलालीको दोदोधरा गाविसस्तरीय महिला सञ्जाल र नोवेल एकेडमी ईंङलीस बोडिङ्ग स्कुलको संयुक्त आयोजनामा दिवस सम्पन्न भएको छ ।
दोदोधरा गाविस स्तरीय महिला सञ्जालकी अध्यक्ष ढिला रानामगरको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसिज वर्ष २०१७ की राष्ट्रिय उपाध्यक्ष सुशीला शाही रहेका थिइन् ।
स्कुलका विद्यार्थी पारस विष्टको स्वागत गरेको कार्यक्रममा नेपाली काँग्रेस दोदोधरा सल्लाहकार समिति सदस्य एटम बम, नेकपा (एमाले) दोदोधरा अध्यक्ष जयरूप खतिवडा, नेकपा माओवादी केन्द्र दोदोधरा कोषाध्यक्ष पदमा साउँद, जनमोर्चा नेपाल दोदोधरा अध्यक्ष रूपा आलेमगर, मोहन्याल मावि बास्कोटीकी प्राध्यानाध्यापक चन्द्रिका जोशी मिश्र, दोदोधरा गाविस महिला सञ्जालकी निवर्तमान अध्यक्ष ललिता भट्ट, नोवेल एकेडमी स्कुलका प्राध्यानाध्यापक राजेन्द्र भट्ट, शिक्षक गणेश शाही, बर्दगोरिया आमा समूहका अध्यक्ष बृहस्पति जोशी, दोदोधरा गाविस महिला सञ्जालकी सदस्य भरता रोकाया, धिरेन्द्रा जैशी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
शुभशान्ति महिला विकास समितिको आयोजनामा सांस्कृतिक कार्यक्रम भएको छ । अध्यक्ष लक्ष्मी पाण्डेको अध्यक्षतामा भएको कार्यक्रम कैलाली ज्ञानज्योति ईंलिस र्बोडिङ्ग स्कुलका संस्थापक सालीमान बोहरा प्रमुख अतिथि रहेका थिए ।
यस्तै, फुलबारीमा कृषक भलाई सहकारी संस्था लिमिटेड र सामना महिला सञ्जाल फुलबारीको संयुक्त आयोजनामा दिवसको अवसरमा र्‍याली निकालिएको थियो ।
सञ्जालका अध्यक्ष लक्ष्मी जैसीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन सामाजिक अध्ययन केन्द्र धनगढीका प्रमुख भक्तबहादुर खातीले गरेका थिए । कार्यक्रमको सञ्चालन डिल्लीराम मिश्रले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार