२ जेष्ठ २०८१, बुधबार

फेशन शो हुने



धनगढी  ।  धनगढीमा सुटगडी फेशन शो हुने भएको छ । मोर्डन तयारी पोषाकको १० औँ वार्षिकोत्सवको अवसरमा शुक्रवार (भोलि) शो हुन लागेको बुधवार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।
शोको सम्पूर्ण तयारी पुरा भइसकेको प्रोपराईटर प्रकाश दर्जीले जानकारी दिए । परम्परागत पोषाक, व्यावसायिक पोषाक गरी तीन वटा श्रृंखलामा हुन लागेको शोमा ४० प्रकारका पोषाकको प्रदर्शनी हुने छ । शोका लागि फेशन डिजाईनर सदीक्षा चौधरी र श्रुती श्रेष्ठले पोषाक डिजाइन गरिरहेका छन् ।
छ लाख बढी खर्च हुने शो हेर्नका लागि तीन सय, पाँच सय र एक हजारको टिकट व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार