१० श्रावण २०८१, बिहीबार

पत्रकार महासङ्घमा साउँद समूह विजयी



धनगढी । नेपाल पत्रकार महासङ्घ कैलालीको टीकापुरमा भएको नवौँ जिल्ला अधिवेशनबाट जगत साउँदको नेतृत्वको साझा समूहले जिल्लाका पदाधिकारी, सदस्य, प्रदेश र केन्द्रीय सभासदमा एकलौटीरूपमा विजय हासिल गरेको छ ।

अध्यक्ष जगत साउँद

अध्यक्षका उम्मेदवार साउँदले १०२ मत प्राप्त गरेका छन् । सोमबार बिहान आएको परिणामअनुसार साउँदका प्रतिद्वन्द्वी हिक्मत रावलले ८० मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा साउँद समूहकै टंक कुँवरले १०८, महिला उपाध्यक्षमा दुर्गा देवकोटाले १०४, सचिवमा मीन ठकुरीले ११०, सहसचिवमा श्रवण देउवाले १०४, समावेशी सहसचिवमा रामबहादुर दहितले १०१, कोषाध्यक्ष हिमालय जोशीले १०२ मत प्राप्त गरेर विजय हासिल गरेका छन् ।
यस्तै, सदस्यमा तपेन्द्र कुँवरले १०९, सुरज साउँदले १०८, दिलबहादुर चौधरीले १०५, छविलाल जैसीले १०३, देवानन्द न्यौपाने १०३, भीम विक १०२, किर्त विष्ट १०१, ठागुराम कठरिया ९७, रबिना चौधरी १०४, सुनिल आउजी १०४ र दिनेश दहित १०२ मत प्राप्त गरेर विजयी भएका छन् ।
खुल्ला १५ केन्द्रीय सभासदमा कर्ण शाह, भीष्मराज ओझा, भरत शाह, मातृका तिमिल्सेना, एकिन्द्र तिमिल्सेना, हेमकर्ण विक, दुर्गाप्रसाद भण्डारी, गणेश चौधरी, योगेश रावल, रंगप्रसाद तिमिल्सेना, प्रेम चौधरी, दीपक थापा, दीपक ओली, मोहन बुढाऐर र महेन्द्र भण्डारी विजयी भएका छन् । महिलातर्फका पाँच केन्द्रीय सभासदमा सीता खनाल, तुलसी देवकोटा, पवन मुडभरी, सीतापति चौधरी र करुणा जोशी विजयी भएकी छन् ।

जयपृथ्वीबहादुर सिंह पत्रकारिता पुरस्कर ग्रहण गर्दै घनबहादुर शाह ।

यस्तै, २६ जना प्रदेश सभासदका लागि भएको निर्वाचनबाट घनबहादुर शाह, मनमोहन स्वाँर, टेकबहादुर सार्की, लीलाराज खत्री, भीम चौधरी, वीरेन्द्र रावल, प्रकाश मिश्र, नवराज खनाल, युवराज न्यौपाने, दीपेन्द्र भण्डारी, जयबहादुर बुढा, भोजराज जोशी, मुकेश टेर्रा, कपिल भट्ट, पूर्ण थापा, दीपक ढुंगाना, ईश्वर सोडारी, लोकबहादुर बुढा, लोकेन्द्र रावल, टीकाराम सुनार, डम्मर बम, विष्णु दौल्याल, परमानन्द पाण्डे, मानबहादुर ठकुल्ला, तपेन्द्र भुषाल र नहकुलदेव जिसी विजयी भएका छन् ।
आइतबार दिउँसो भएको जिल्ला अधिवेशनको महासङ्घका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक प्रकाशविक्रम शाहले उद्घाटन गरेका थिए ।

‘ऐना’ कथा संग्रहका लागि मदन पुरस्कार विजेता रामलाल जोशी सम्मान ग्रहण गर्दै ।

सो अवसरमा महासङ्घले ‘ऐना’ कथा सङ्ग्रहका लागि मदन पुरस्कार विजेता रामलाल जोशीलाई सम्माननित गरेको थियो भने कैलालीका वरिष्ठ पत्रकार घनबहादुर शाहलाई नगद पाँच हजार रुपैयाँ सहित जयपृथ्वी पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको थियो ।

मत परिणाम

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार