१० श्रावण २०८१, बिहीबार

घोषित मितिमै स्थानीय निर्वाचन हुनुपर्छ : उपाध्यक्ष रावल




धनगढी ।
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल कैलालीले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष रावलले त्यसका लागि सबै दलहरू र निर्वाचन आयोग गम्भीर भएर लाग्नुपर्ने बताए ।
स्थानीय तहको मिति घोषणा पश्चात् देश निर्वाचनमा होमिसकिएको बताउँदै उपाध्यक्ष रावलले अब कसैले चाहदैमा निर्वाचन नरोकिने बताए । सरकारले निर्वाचनको मिति घोषणा गरेपछि देशभर चुनावी सरगर्मी बढ्दै गएकोले जनताले भयरहित वातावरणमा निर्वाचनमा भाग लिने उपाध्यक्ष रावलको भनाई थियो ।
देश निर्वाचनको माहोलतिर गइसक्यो उपाध्यक्ष रावलले भने मधेसी मोर्चाले निर्वाचनमा भाग लिन्न भन्नु लोकतन्त्र विरोधी काम हो । जनताले निर्वाचन चाहेका छन् रावलले भने मधेसी मोर्चाले संविधान पनि नमान्ने निर्वाचन पनि मान्य हुँदैन भन्नु गलत भएको टिप्पणी गरे । उनले
संविधान संशोधन प्रस्तावमाथि सत्तारुढ दल नै एकमत छैनन् रावलले भने मधेसी मोर्चामा पनि फरक फरक धारणा देखिएकोले सो प्रस्ताव विरोधाभासपूर्ण छ । त्यस्तो विरोधाभासपूर्ण प्रस्ताव एमालेलाई मान्य नहुने उनको भनाई छ ।
दिगो शान्ति र राजनीतिक स्थायीत्वका लागि निर्वाचन अपरिहार्य भएको बताउँदै उपाध्यक्ष रावलले भने त्यसका लागि तिनै तहको निर्वाचन आवश्यक छ भएन भने लोकतन्त्र धरापमा पर्ने आशंका छ । तोकिएकै समयमा निर्वाचन सम्पन्न भएन भने सरकारको औचित्य समाप्त हुने उनको भनाई थियो ।
प्रदेश, सिमांकनका विषयमा कारण कसैबाट आउँदैन् उपाध्यक्ष रावले भने हिमाल, पहाड र तराईलाई अलग्याएर देशलाई टुक्राटुक्रा पार्ने खेलप्रति नेकपा एमाले सजग छ । उनले नेकपा एमालेले यही २२ गतेदेखि चैत्र ४ गतेसम्म सञ्चालन गर्ने मेची महाकाली अभियानमा जनताको व्यापक जनसहभागिता रहने बताए ।
यसै गरी उपाध्यक्ष रावलले नेकपा एमाले प्रदेश नं. ७ को धनगढीस्थित चटकपुरमा कार्यालयको एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन् । सो कार्यक्रममा नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य कर्ण थापा, केन्द्रीय सदस्य महेश्वर पाठक, रामकुमार ज्ञवाली, केन्द्रीय सदस्य गरिमा शाह लगायत बैकल्पिक केन्द्रीय सदस्यहरू तथा जिल्ला अध्यक्षहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार