१० श्रावण २०८१, बिहीबार

स्ववियु निर्वाचन आज



धनगढी  ।  आठ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आज हुँदैछ । आठ वर्षयता हुन नसकेको स्ववियु निर्वाचन गत १४ गतेका लागि तोकिएको भए पनि विभिन्न विद्यार्थी सङ्गठनहरूको असहमतिका कारण चार दिन थप गरेपछि आज क्याम्पसहरूमा स्ववियु निर्वाचन हुन लागेको हो ।
कैलालीका १७ वटा क्याम्पसमा आज हुन लागेको निर्वाचनमा नेविसंघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी समेत आठ वटा विद्यार्थी सङ्गठनहरूको उम्मेदवारी रहेको छ ।
स्ववियू निर्वाचनको पूर्व सन्ध्यामा नेविसंघ, अनेरास्ववियू र अखिल क्रान्तिकारीले मङ्गलवार धनगढीको बजारमा प्रचारप्रसार गरेका थिए । आफूलाई मतदान गरी विजयी गराउन आग्रह गर्दै धनगढीका मुख्य बजारमा विद्यार्थी सङ्गठनहरूले मोटरसाइकल र्‍याली निकालेका थिए ।
आज हुन लागेको स्ववियु निर्वाचनमा कैलाली बहुमुखी क्याम्पसमा नेविसंघबाट गुरुदेव केसी ‘सुमन’, अनेरास्ववियुका चुडामणि भट्ट, र अखिल क्रान्तिकारीका घनश्याम भट्ट समूहको उम्मेदवारी परेको छ ।
ऐश्वर्य बहुमुखी क्याम्पसमा नेविसंघका गजेन्द्रबिक्रम शाही र अनेरास्ववियूका दीपक रेग्मी सभापति रहेको प्यानलको उम्मेदवारी परेको छ । दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, अत्तरियामा नेविसंघका तर्फबाट सभापतिमा दिनेश पाठक र अखिल क्रान्तिकारीका महेश विष्ट समूहको उम्मेदवारी परेको छ ।
फुलबारी बहुमुखी क्याम्पसमा नेविसंघका जयराज जोशी र अनेरास्ववियूका लक्ष्मण गिरी नेतृत्वको समूहको उम्मेदवारी परेको छ । त्यस्तै, मालीका बहुमुखी क्याम्पस चौमालामा नेविसंघका किरण मल्ल, अनेरास्ववियूका महेन्द्र भण्डारी र अखिल क्रान्तिकारीका प्रकाश आचार्यको समूहको उम्मेदवारी परेको छ ।
त्यस्तै, लम्की बहुमुखी क्याम्पसमा नेविसंघका ललित जैसी, अनुरास्ववियूका सुरेन्द्र थापा र अखिल क्रान्तिकारीका कोमल देवकोटा समूहको उम्मेदवारी परेको छ ।
रघुनाथ बहुमुखी क्याम्पस, बौनियामा अनेरास्ववियूका सिद्धराज जोशी र नेविसंघका घनश्याम बम समूहका उम्मेदवारी परेको छ ।
मोहन्याल बहुमुखी क्याम्पस भजनीमा नेविसंघका जीवन जैशी, अनेरास्ववियूका राज बुढा र अखिल क्रान्तिकारीका भूवन चौधरीको उम्मेदवारी परेको छ ।
घोडाघोडी बहुमुखी क्याम्पस सुखडमा नेविसंघका नारायण आचार्य, अनेरास्ववियूका भरत सापकोटा र अखिल क्रान्तिकारीका जीवन विसीको उम्मेदवारी परेको छ । त्यस्तै, बुलबुले बहुमुखी क्याम्पस, पहलमानपुरमा नेविसंघका कलक शाही र अनेरास्ववियूका अमित बोगटी समूहको उम्मेदवारी परेको ती सङ्गठनका नेताहरूले जानकारी दिएका छन् ।
टीकापुर बहुमुखी क्याम्पसमा अनेरास्ववियू, नेपाल विद्यार्थी सङ्घ, माओवादी केन्द्रको अखिल (क्रान्तिकारी), नेकपा माओवादी विप्लव निकट अखिल (क्रान्तिकारी), विद्यार्थी मञ्च, विद्यार्थी फोरम लोकतान्त्रिक गरी आठ ओटा विद्यार्थी सङ्गठनले उम्मेदवारी दर्ता गरेका छन् ।
टीकापुर बहुमुखी क्याम्पसमा नेविसंघको तर्फबाट अध्यक्षमा राजीव ओझा र सचिवमा धनराज कट्टेल तथा कोषाध्यक्ष हीराकुमारी चौधरी, माओवादी केन्द्रको अखिल (क्रान्तिकारी) का तर्फबाट अध्यक्षमा चक्रबहादुर विष्ट, सचिवमा नारायण कुश्मी र कोषाध्यक्षमा मनिषा ढुंगानाको उम्मेदवारी परेको छ ।
त्यस्तै, अनेरास्ववियूका तर्फबाट अध्यक्षमा सुरेशप्रसाद शर्मा र सचिवमा कृष्णा चौधरी परेको छ भने कोषाध्यक्षमा नयाँ शक्ति विद्यार्थीका तर्फबाट तर्कराज खनालको उम्मेदवारी परेको छ ।
मधेसी विद्यार्थी फोरम लोकतान्त्रिकका अध्यक्षमा कृष्णकुमार डंगौरा, सचिवमा सुजारिका महत्तो, कोषाध्यक्षमा रामजीवन चौधरीको उम्मेदवारी परेको छ । सदस्य पदको लागि खुल्लातर्फ ४१ जनाले उम्मेदवारी दिएका टीकापुर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिको कार्यालयले जानकारी दिएको छ ।
वीरेन्द्र विद्यामन्दिर बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियू, अखिल (क्रान्तिकारी), अखिल (छैठौं), मधेसी विद्यार्थी फोरम नेपाल (लोकतान्त्रिक), नयाँ शक्ति विद्यार्थी युनियन, र थारू विद्यार्थी एकता समाज गरी सात विद्यार्थी सङ्गठनले उम्मेदवारी दर्ता गरेका छन् । अध्यक्षमा नेविसंघका धनञ्जयप्रसाद रिमाल, सचिवमा रामफल चौधरी, कोषाध्यक्षमा ओसिन स्वाँर, अनेरास्ववियूका तर्फबाट अध्यक्षमा भूमिका शाही, सचिवमा अखिल छैटौँका सुरेश चौधरी, कोषाध्यक्षमा अनेरास्ववियूका दीपेन्द्रकुमार चौधरी, अखिल (क्रान्तिकारी)का गीता चौधरी, सचिवमा आयुषा चौधरी, कोषाध्यक्षमा दीपक विकको उम्मेदवारी परेको छ ।
मधेसी विद्यार्थी फोरम (लोकतान्त्रिक)का तर्फबाट अध्यक्ष राजाराम चौधरी, सचिवमा मिना चौधरी, कोषाध्यक्षमा भुवनकुमार कठरियाको उम्मेदवारी परेको छ । खप्तड बहुमुखी क्याम्पस मसुरियामा अनेरास्ववियुले दिनेश कलेलको नेतृत्वमा सचिव चन्द्रा लामा र कोषाध्यक्षमा गङ्गा सिराडी सहितको प्यानल दर्ता गरेको छ । नेविसंघले अध्यक्ष दीपक साउँद, सचिव टेकराज ओझा र कोषाध्यक्षमा कलावति ऐरको उम्मेदवारी दर्ता गरेको छ । अखिल क्रान्तिकारीले अध्यक्षमा निलकुमारी चौधरी, सचिव प्रेम चौधरी र कोषध्यक्षमा पवित्रा चौधरीको उम्मेदवारी दर्ता भएको छ ।
नयाँ शक्ति विद्यार्थी युनियनबाट अध्यक्षमा कलाकुमारी साउँद, सचिव वीरबहादुर चौधरी र कोषाध्यक्षमा जयन्ती चौधरीको प्यानलको उम्मेदवारी दर्ता भएको छ ।
उता, कञ्चनपुरको बेल्डाँडी नगरपालिकामा रहेको रौलेश्वर जनता आर्दश बहुमुखी क्याम्पसमा अखिल संयुक्तका सभापति महेश पाण्डेय (सन्देश), सचिव आशिष् विष्ट, कोषाध्यक्ष अनिताकुमार चौधरी, सदस्य रेखा नेपाली, सुनिता विष्ट, गौरी कुमार. नेपाली, टेकबहादुर सुनार उम्मेदवार रहेका छन् ।
त्यस्तै, नेविसंघका तर्फबाट सभापतिका उम्मेदवार आशा भट्ट, सचिव दीपकराज उपाध्याय र कोषाध्यक्ष राजेश्वरी राना, सदस्य लिला विष्ट, रेवती ऐडी, अरुणा न्यौपाने र मानसिंह राना रहेका छन् ।

कैलाली बहुमुखी क्याम्पसमा  २२ गते
कैलाली बहुमुखी क्याम्पस धनगढीको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन २२ गते हुने भएको छ ।
आज (बुधवार) हुने भनिएको निर्वाचन विद्यार्थीहरूलाई सहमतिमा ल्याउन चार दिन पर निर्वाचन सारिएको कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सुरेन्द्र चन्दले बताए । निर्वाचनको मिति सारिएपछि अखिल क्रान्तिकारी, नेविसंघ, अनेरास्ववियू लगायतका विद्यार्थी सङ्गठनहरूले मङ्गलवार बेलुका क्याम्पस घेराउ गर्दै नाराबाजी सहित विरोध गरेका थिए ।
स्ववियू निर्वाचनमा कैलाली बहुमुखी क्याम्पस धनगढीमा सभापतिका उम्मेदवार अनेरास्ववियूका चुडामणि भट्ट, नेविसंघका गुरुदेव केसी ‘सुमन’, अखिल क्रान्तिकारीका घनश्याम भट्टको समूहको उम्मेदवारी परेको छ ।

 

 

थप समाचारहरू 

= स्ववियु निर्वाचन : सबैका आ–आफ्नै जीतका दाबी

= स्ववियू निर्वाचनका लागि कैलालीका १७ क्याम्पसमा उम्मेदवारी दर्ता

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार