१० श्रावण २०८१, बिहीबार

नायव सुब्बा लोकसेवा तयारी



धनगढी  ।  सुदूरपश्चिमस्तरीय आदिवासी जनजाति विद्यार्थीका लागि ७० दिने नि:शुल्क नायव सुब्बा लोकसेवा तयारी कक्षा सोमबार समापन भएको छ ।
नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् कैलालीको आयोजनामा भएको कक्षा सञ्चालन आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान नेपालको सहयोगमा भएको थियो ।
प्रतिष्ठानका कार्यकारी सदस्य ज्ञानेन्द्र पुनमगरले उद्घाटन गरेको कार्यक्रम महासङ्घ जिल्ला अध्यक्ष तेन तरामीमगरको अध्यक्षतामा भएको थियो ।
कोषाध्यक्ष केशर लामाले स्वागत गरेको कार्यक्रममा थारू कल्याणकारिणी सभाका केन्द्रीय पार्षद पुरन चौधरी, नेपाल मगर लेखक सङ्घका आशबहादुर पुनमगर, प्रशिक्षक ईश्वर जोशी, प्रशिक्षार्थी रामलखन चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कक्षामा ७० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार