१४ बैशाख २०८१, शुक्रबार

अपहृत शिक्षकहरू सकुशल रिहा



लम्की  ।  क्याम्पस हाताबाटै बुधबार अपहरणमा परेका लम्की बहुमुखी क्याम्पसका प्रमुख सहित तीन जना बिहीबार सकुशल मुक्त भएका छन् । तीनै जनालाई दिउसो चार बजेतिर पथरैया–३ अमौरीको जंगलमा अपहरणकारीले रिहा गरेको जनाइएको छ ।
सो क्याम्पसका प्रमुख भीष्म थापा, सहायक क्याम्पस प्रमुख कमल बिष्ट र उपप्राध्यापक अमर रावललाई विप्लव माओवादीका कार्यकर्ताले मोटरसाइकलनमा राखेर जंगलतर्फ लगेका थिए ।
अपहरणमुक्त भए लगत्तै प्रहरीले उनीहरूलाई ईलाका प्रहरी कार्यालय लम्कीमा ल्याइएको थियो ।
अपहरणकारीले आफूहरूमाथि कुनै हातपात वा दुव्र्यवहार नगरेको बयान दिएको कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्द ठकुरीले बताए । प्रहरी उपरीक्षक ठकुरीले अपहरणमुक्त भएका उनीहरूको बयानका आधारमा छिट्टै अपहरणकारीलाई पक्राउ गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार