८ बैशाख २०८१, शनिबार

भजनी–त्रिशक्ति महोत्सव सुरु



धजनी (कैलाली)  ।  कैलालीको भजनीमा बुधवारदेखि भजनी–त्रिशक्ति महोत्सव–२०७३ सुरु भएको छ । महोत्सवको एक
भव्य समारोहबीच नेपाली का“ग्रेसका महामन्त्री डाक्टर सशांक कोइरालाले उद्घाटन गरे ।
‘कला, संस्कृति, शिक्षा, कृषि र व्यापार, भजनी क्षेत्रको पहिचान, गुलरिया घाटमा पुल निर्माण, हाम्रो अभियान’ भन्ने नाराका साथ उद्योग वाणिज्य सङ्घ, भजनीको आयोजनामा भइरहेको महोत्सव आगामी १३ गतेसम्म सञ्चालन हने जनाइएको छ ।
सो अवसरमा प्रमुख अतिथि डाक्टर कोइरालाले आर्थिक समृद्धिका लागि राजनीतिक स्थिरता अनिवार्य भएको
चर्चा गरे । उनले भने– ‘नेपालमा तीव्र आर्थिक विकास भएको दुईवटा कालखण्ड छन् । पहिलो वीपी कोइराला प्रधानमन्त्री भएको काल खण्ड र अर्को २०४८–०५१ को कालखण्ड ।’ महामन्त्री कोइरालाले राजनीतिक स्थिरता भएको अवस्थामा मात्रै आर्थिक समृद्धिले गति लिने चर्चा गरे ।
उनले भजनी क्षेत्रको विकास लागि स्थानीयले उठाएका माग पुरा गराउ“न आफू कटिवद्ध भएको बताए । महामन्त्री कोइरालाले संविधान कार्यान्वयनका लागि सबैले भूमिका निर्वाह गर्न आग्रह गरे । कार्यक्रममा नेपाली का“ग्रेसका केन्द्रीय सदस्य तथा सांसद ईश्वरी न्यौपाने, सांसद बुद्धिसागर चौधरी, र का“ग्रेस नेता डाक्टर रणबहादुर
रावलले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम आयोजक उद्योग वाणिज्य सङ्घ, भजनीका अध्यक्ष प्रेमराज जोशीको अध्यक्षतामा भएको थियो ।
सङ्घका महासचिव नैनसिंह चौधरीले स्वागत गरेको सो कार्यक्रमको सङ्घका सचिव जयबहादुर बुढा र उद्घोषिका शीतल शर्माले सञ्चालन गरेका थिए ।
सो अवसरमा सङ्घका तर्फबाट सात बुँदे मागपत्र प्रस्तुत गरियो । मागपत्रमा गुलरिया घाटमा पुल निर्माण, अस्पताल, सिंचाईं तथा नदी नियन्त्रण, भजनी–सुखड सडक स्तरोन्नती, क्याम्पस निर्माण लगायतका माग रहेका छन् ।
कार्यक्रममा विभिन्न समुदायका सांस्कृतिक झा“की प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार