१३ बैशाख २०८१, बिहीबार

लम्की बहुमुखी क्याम्पसका प्रमुख र उपप्रमुखको ‘अपहरण’



धनगढी । लम्की बहुमुखी क्याम्पस कैलालीका प्रमुख र सहायक प्रमुख अपहरणमा परेका छन् । बुधबार क्याम्पस प्रमुख भिष्म थापा र सहायक प्रमुख कमल विष्ट अपहरणमा परेका हुन् ।

उनीहरुलाई विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरुले क्याम्पस परिसरबाटै कब्जामा लिएर अज्ञात स्थलतर्फ लगेको स्रोतले बतायो । तर, कैलाली प्रहरीले भने यसबारे जानकारी नभएको बताएको छ ।

विप्लव माओवादी निकट अखिल क्रान्तिकारीले फागुन १४ गते हुन लागेको स्ववियु निर्वाचनको विरोध गर्दै आएको छ । उनीहरुले देशभरका क्याम्पसमा स्ववियु निर्वाचन नगर्न धम्की दिँदै आएका छन् ।

अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउनेले अनलाइनखबरसँग भने, ‘चुनाव सार्न दबाव दिने कार्यक्रमअनुसार नै क्याम्पस प्रमुख र सहायक प्रमुखलाई सोधपुछ गर्न खोजिएको हुनसक्छ तर, लम्कीको घटनाबारे मलाई आधिकारिक जानकारी छैन ।’

विप्लव माओवादी निकट अखिल क्रान्तिकारी कैलाली जिल्लाका नेताहरुको मोबाइल फोन स्वीच अफ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार