१४ बैशाख २०८१, शुक्रबार

डडेल्धुराको अमरगढीमा जीप दुर्घटना



 डडेल्धुरा  ।  डडेल्धुराको भागेश्वरबाट सदरमुकामतर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।
से १ ज ८३३ नम्बरको जीप आज मध्यान्ह पौने १२ बजे अमरगढी ३ ठूलोखोलामा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाको कारण खुलिनसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
गाडीका ११ जना यात्रु रहेकामा अन्य सबै घाइते छन् । गाडी धनी भीम सिंह ठगुन्नासहित तीन घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पु¥याइएको छ ।
अन्यको उद्धार जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनाका मृतकको पहिचान खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार