११ बैशाख २०८१, मंगलवार

टेलिकमद्वारा आकर्षक छुट तथा डाटा प्याकेज



धनगढी । नेपाल टेकिलमले १३ औँ वार्षिकोत्सवका अवसरमा विभिन्न आकर्षक छुट तथा डाटा प्याकेज योजना सार्वजनिक गरेको छ ।
टेलिकमले अनलिमिटेड एडिसएसएल सेवामा अहिलेकै शुल्कमा ब्याण्डविथको स्तरोन्नति (अपग्रेड) गर्ने घोषणा गरेको छ । अब अहिले ग्राहकले तिरिरहेकै शुल्कमा तीव्र गतिको इन्टरनेट पाइनेछ ।
१९२ केपिबिएस गतिको एडिएसएलका ग्राहकले अहिलेको ९ सय रुपैयाँका शुल्कमा अब २५६ केपिबिएसको इन्टरनेट पाउनेछन् । यसै गरी ३८४ केपिबिएस गतिको इन्टरनेटका ग्राहकले साविककै १५ सय रुपैयाँ शुल्कमा ५१२ केपिबिएसको इन्टरनेट उपयोग गर्न पाउने भएका छन् ।
अब ५१२ केपीबिएसको इन्टरनेट चलाइरहेका एडिएसएलका ग्राहकले ७३८ केपिबिएसको इन्टरनेट गति प्राप्त गर्नेछन् । फागुन महिनामा ल्याण्डलाइनका ग्राहकले मासिक रेन्टल चार्जमा अतिरिक्त २५ कलको सुविधा पनि पाउनेछन् ।
आजदेखि फागुन ७ गतेसम्म जिएसएम र सिडिएमए प्रिपेडका सबै रिचार्जमा ३
दिनको भ्यालिडेटी सहित बोनस पनि दिइनेछ । ५०, १० र २०० को रिचार्जमा १० प्रतिशत र ५ सय १००० को रिचार्जका १५ प्रतिशत बोनस पाइने भएको छ ।
यसै गरी फोरजीका नयाँ सस्क्राइबरले ४ दिनसम्म १० एमबीको डाटा नि:शुल्क पाउनेछन् । टेलिकमले शनिवारदेखि पोखरा र काठमाडौँमा प्रिपेड मोबाइलमा पनि फोरजी सेवा सुरु गरेको छ ।
यसै गरी फेरि सुरु भएको सिआरबिटी सेवामा प्रतिदिन एउटा गीतका दरले १५ दिनसम्म नि:शुल्क उपलब्ध गराइनेछ । एउटा गीतको भ्यालिडिटी १० दिन रहनेछ ।
जिएसएम नेटवर्कका ग्राहकले २० रुपैयाँमा ५ दिन भ्यालिडिटी भएको १०० एमबीको डाटा उपलब्ध गराइने भएको छ । अन्य सस्तो डाटा प्याकेजहरू पनि टेलिकमले घोषणा गरेको छ । तर, सुदूरपश्चिममा भने छ महिनाभित्र फोरजी सेवा सञ्चालन गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार