१४ बैशाख २०८१, शुक्रबार

विद्युतीय स्कुटर र मोटरसाइकल धनगढीमा



धनगढी । नेपालको बेला कम्पनीद्वारा उत्पादित विद्युतीय स्कूटर तथा मोटरसाइकलको धनगढीमा पनि बिक्री सुरु भएको छ ।
पाठक ब्रदर्सले आइतबार एक कार्यक्रमबिच शोरुम उद्घाटन गर्दै विद्युतीय स्कुटर, मोटरसाइकल तथा लोडर बिक्री सुरु गरिएको सञ्चालक प्रवीण पाठकले जानकारी दिए ।
उनले अनुसार यी सवारी साधनहरू एक पटक चार्ज गरेपछि एक सय किलोमिटरसम्म चल्ने बताए ।
लोडरको बजार मूल्य एक लाख २५ हजार र स्कुटरको मूल्य एक
लाख ३० हजार रहेको छ । सञ्चालक पाठकले अहिले ती सवारी साधनमा पाँच हजार रुपैयाँ छुटका साथै हेल्मेट, रेनकोट र स्कुटी कभर उपहार दिइने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार