१५ माघ २०८२, बिहीबार

श्रमसंस्कृति पार्टीका उम्मेदवार अपहरणमा परेको आशंका




टीकापुर/ हर्क साम्पांग नेतृत्वको श्रमसंस्कृति पार्टीका कैलाली क्षेत्र नम्बर १ का उम्मेदवार विमल चौधरी बेपत्ता भएका छन् ।
टीकापुर नगरपालिका वडानम्बर १ शिवनगर मुक्त कमैया शिविरका चौधरी सोमबार रातिदेखि बेपत्ता रहेको उनका आफन्तहरुले जनाएका छन् ।

उनीहरुले टीकापुर नगरपालिकाका निर्वतमान मेयर तथा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) क्षेत्रनम्बर १ का उम्मेदवार रामलाल डगौरा थारुले चौधरीलाई बेपत्ता पारेको बताएका छन् ।

सो विषयमा प्रतिक्रिया दिदै निवर्तमान मेयर डगौराले आफ्नो विमलसंग कुनै सम्पर्क, सम्वन्ध नभएको र हराएको बारेमा थाहा नभएको बताए ।

निर्वतमान मेयर डगौराले सोमबार मात्रै पदबाट राजिनामा दिएका छन् ।

टीकापुरका निर्वतमान उपमेयर खड्क शाहले उम्मेदवार अपहरण परेको उल्लेख गरेका छन् । तर उनले आफ्नो फेसबूकमा कसले, कसलाई अपहरण गरेको हो त्यो खुलाएका छैनन् ।

इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी प्रकाश डाँगीले सो विषयमा कुनै जानकारी नआएको बताए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार