एमाले कैलालीले समानुपातिकमा दुई सूची पठाएको चर्चा

धनगढी/ नेकपा (एमाले) कैलाली जिल्ला कमिटीले समानुपातिक सूचीमा केही नाम मात्र पठाएको चर्चा चलेको बेला थप ५४ जनाको नाम सार्वजनिक भएको छ ।
यसअघि महिलातर्फ केन्द्रीय सदस्य लीला भण्डारी, भागिरथी विष्ट र सरिता राना, दलिततर्फ सावित्रा र घिमिरे, भानसिंह विक र पुरुषतर्फ हरिसिंह साउद, हरिशंकर योगी, चक्र बोहरालगायतको नाम सिफारिस भएको चर्चा चलेको बेला थप ४४ जनाको नाम ससार्वजनिक भएको हो ।
गोप्यरुपमा समानुपातिकमा राख्नु पर्ने सिमित व्यक्तीको नाम पठाएकोमा आलोचना हुन थालेकोले नयाँ सूची सार्वजजिनक गरिएको बताइएको छ ।
एमाले कैलाली अध्यक्ष यज्ञराज ढुंगानाले जेष्ठता समाबेशी, पार्टीमा गरेको योगदान लगायतका आधारमा समानुपातिक उम्मेदवारका लागि सिफारिस गरिएको बताए ।
पछिल्लो सिफारिस सूची निम्न अनुसारको छ ।








