राष्ट्रियता बलियो बनाउन नेपाली कम्युनिष्ट पार्टी बन्यो : रावल

दार्चुला/ देशको राष्ट्रियता, स्वाभीमान, स्वतन्त्रता र स्वाधीनता रक्षाका लागि नेपाली कम्युनिष्ट पार्टीको उदय भएको पार्टीका नेता डा. भीमबहादुर रावलले बताएका छन् ।
सो पार्टीले दार्चुला जिल्ला सदरमुकाम खलङ्गामा शुक्रबार आयोजना गरेको पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन ।
भारतले मिचेको नेपाली भूमी कालापानी, लिपुलेक, लिम्पियाधुराको जिल्ला दार्चुला पुग्नु भएका नेता डा. रावलले स्वाभीमानी नेपालीले अरुको देशको एक इन्च भू–भाग नमिच्ने तथा आफ्नो देशको भूमी समेत मिच्न नदिने बताए ।
कार्यक्रममा नेता डा. रावलले नेकपा एमाले दार्चुलाका स्वर्गीय नेता प्रेमसिंह धामीलाई सम्झदै दार्चुलालाई दुख्ने कालापानी काठमाण्डौँलाई किन दुख्दैन् भन्दै प्रश्न गरे । साथै उनले सन्धी सम्झौता र तथ्य प्रमाणका आधारमा भारतले मिचेका नेपाली भूमी फिर्ता ल्याउने कुरामा नेपाली कम्युनिष्ट पार्टीले निरन्तर कुटनितिक पहल गर्ने बताए ।
“विश्वका कुनै पनि देशलाई आफ्नो देशको स्वतन्त्रता, स्वाभीमान र स्वाधीनता बलियो चाहिन्छ, नेपालको सन्दर्भमा नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रियता बलियो बनाउछ उनले भए ।”
देशको अर्थतन्त्र बलियो बनाउन, युवालाई स्वदेशमै रोजगारी दिलाउन र सीमा रक्षा गरी विदेशी हस्तक्षेप रोक्न नेपाली कम्युनिष्ट पार्टीको उदय भएको पनि उनले बताए ।
अर्को प्रसंगमा बोल्दै नेता डा. रावलले अहिलेको सरकारले भदौ २३ र २४ गतेको आन्दोलनमा मुख्य दोषीलाई छानविन आयोगको कठघरामा उभ्याएर निष्पक्ष छानविन गर्नु पर्नेमा जोड दिए । साथै उनले सरकारले तोकिएकै मितिमा निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष रुपमा सम्पन्न गर्न सक्नु पर्ने बताए ।
“नेपाली कम्युनिष्ट पार्टी जनताको ताजा जनमत लिन तयार छ, उनले भने ।”
कार्यक्रममा उपस्थित सो पार्टीका केन्द्रीय सदस्य प्रकाशबहादुर शाहले जनताका अधिकारलाई बलियो बनाउने लक्ष्य सहित नेपाली कम्युनिष्ट पार्टी जनताका माझमा आएको बताए ।
देशमा सुशासन स्थापित गरेर राजनीतिक स्थायित्व र भष्ट्राचारीलाई कारबाही गर्न नेपाली कम्युनिष्ट पार्टीको जन्म भएको उनले बताए ।
नेता खगराज भट्टले टुक्राटुक्रामा छरिएर रहेका कम्युनिष्टलाई एक ठाउँमा ल्याउन पार्टी एकता भएको बताउए । साथै उनले देशको विकास गरी छोटो समयमै अवस्था बदल्न र राजनीतिक स्थायित्व पार्टी एकताको मुल मर्म भएको बताए ।




