२१ मंसिर २०८२, आईतवार

ईश्वर समुहबाट सुदूरपश्चिमका थापा उपमहासचिव र रावल सचिव उठ्ने




काठमाडौ, मंसिर २१ गते/ नेकपा (एमाले) बाट सुदूरपश्चिम क्षेत्रबाट ईश्वर पोख्रेल अध्यक्ष लड्ने समूहबाट स्थायी समिति सदस्य कर्णबहादुर थापा उपमहासचिव र केन्द्रीय सदस्य झपटबहादुर रावल सचिव पदका उम्मेदवार बन्ने चर्चा चलेको छ ।

पोख्रेल निकट समुहका अनुसार अहिलेका सचिव लेखराज भट्टलाई पनि सुदूरपश्चिमबाट समेटने प्रयास जारी रहेको छ ।

भट्टलाई अध्यक्ष केपी शर्मा ओलीको पक्षमा लाग्ने अनुमान गरिएको भए पनि उनले सार्वजनिक रुपमा कसैको पनि समर्थन गरेका छैनन् ।

भट्ट अध्यक्ष ओलीको पक्षमा लागेनन् भने सुदूरपश्चिमबाट पदाधिकारी लड्ने गरेर बलियो दावेदारी भने कसैले गरेको छैन ।

उपमहासचिव लड्ने थापा आठौ, नवौ र दशौबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित हुँदै आएका छन् । भने उनी १० औं महाधिवेशनपछि स्थायी समिति सदस्य भएका हुन ।

थापा २०७० को संविधान सभाको चुनावमा बाजुराबाट निर्वाचित भएर उद्योगमन्त्री भइसकेका छन् ।

सचिवको दावेदारी गरिरहेका रावल अनेरास्ववियू, युवासंघहुँदै नवौ र दशौं महाधिवेशनमा एमालेको केन्द्रीय कमिटी सदस्य भएका थिए ।

उनी ०७४ को चुनावमा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पनि विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार