१९ मंसिर २०८२, शुक्रबार

नेकपा मुलुकको पहिलो पार्टी बन्छ : रावल




धनगढी, मंसिर १२ गते/ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता डा.भीमबहादुर रावलले आगामी फागुन २१ गते हुने निर्वाचनमा नेकपा प्रमुख राजनीतिक शक्ती भएर देशको नेतृत्व गर्ने बताए ।

उनले आफ्नो पार्टी पूर्ण निर्वाचनको रूपमा तयार रहेको बताउदै तोकिएकै समयमा स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने बताए ।

आगामी निर्वाचनमा सुदूरपश्चिमबाट समेत नेपाली कम्युनिष्ट पार्टी एक नम्बर हुने दाबी समेत उनले गरे । नेता रावलले नेपाली कम्युनिस्ट पार्टी सुदूरपश्चिमबाट एक नम्बरमा आयो आयो भन्ने सन्देश अहिलेको सभाले दिएको दावी पनि गरे ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी शासनले गर्दा मुलुकले दुर्घटना व्यहोर्नु परेको उनले बताए ।

सन्देशसभा सुरु हुनुअघि नेपाली कम्युनिष्ट पार्टीले धनगढीको दुई ठाउँबाट र्याली निकालेको थियो ।

चौराहा र क्याम्पस चोकबाट निकालिएको ¥याली धनगढी रङ्गशालामा पुगेर सभामा परिणत भएको थियो ।

सो कार्यक्रममा दुई पटक एमाले अछामको नेतृत्व गरिसकेका संविधान सभा सदस्य भरतबहादुर साउदलगायत नेकपामा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार