१९ मंसिर २०८२, शुक्रबार

संस्थागत संरचना सुधार गर्न आवश्यक रहेको मुख्यमन्त्री शाहको भनाई




धनगढी, मंसिर १ गते / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपालमा संस्थागत संरचना सुधार आवश्यक रहेको बताएका छन् ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार धनगढीमा आयोजना गरेको सार्वजनिक उत्तरदायित्व प्रवद्र्धनका लागि रेडियोकर्मीलाई अनुशिक्षण कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले यस्तो बताएका हुन ।

पटकपटकका आन्दोलनपछि संस्थागत संरचना सुधार गर्न चुक्यौँ परिवर्तन महसुस भएन संस्थागत संरचना सुधार गर्न आवश्यक छ, मुख्यमन्त्री शाहले भन्नुभयो संस्थागत संरचना सुधारका लागि साझा प्रतिबद्धता आवश्यक छ नत्र जुनसुकै संसदले पनि परिवर्तनको अपेक्षा पूरा गर्न सक्दैन । अहिलेको असन्तुष्टि भनेको अख्तियार अदालत जस्ता निकाय राजनीतिक दलले पदाधिकारी नियुक्त गरे भन्ने पनि हो यस्ता नियुक्तिहरू पनि स्वतन्त्र निकाय मार्फत गर्ने व्यवस्था हुनुपर्छ ।

राज्य सञ्चालनका जटिलताले चाहँदा चाहँदै पनि समयमा राम्रो सेवा दिन नसक्दा नागरिकमा असन्तुष्टि बढ्ने र यसको दोष नेतृत्वलाई आउने गरेको छ, सुदूरपश्चिम प्रदेशका रेडियोकर्मीहरू उपस्थित अनुशिक्षण कार्यक्रम उद्घाटन गर्दै शाहले भने, सुदूरपश्चिम प्रदेशको आमसञ्चार नीति र ऐन छिटै आउछ भनेर धेरैपटक बोले पनि विधेयक मस्यौदा मात्रै भएको र ढिलो भएको स्वीकार गरे । उनले राष्ट्रिय एकता राष्ट्रिय संवाद मार्फत विकास र सुशासनको बाटोमा अघि बढ्न साझा निर्णयका साथ संविधान संशोधन गर्न पनि आवश्यक भएको बताए ।

गाउँपालिका महासङ्घका प्रतिनिधि तथा खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष उत्तमबहादुर रोकायाले नागरिकलाई नभई नहुने रेडियो सञ्चालनमा दुःख देखे पनि संस्थागत पहल नहुँदा चाहेजस्तो सहयोग गर्न सकेको बताए । कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष वेदप्रकाश तिमिल्सैनाले सरकारले रेडियोको अपनत्व नलिँदा रेडियोकर्मी वैदेशिक रोजगारीमा जानुपरेको बताए ।

नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष भरत शाहले विकट गाउँगाउँमा सूचना पु¥याउने रेडियोहरू बन्द हुने अवस्थामा पुग्नु दुखद् भएकोले सरकारले रेडियोप्रति अभिभावकको भूमिका गर्नुपर्ने बताए ।

सुदूरपश्चिममा १२६ वटा रेडियो दर्ता भएपनि ७४ वटा रेडियो मात्रै प्रसारणमा छन् । सार्वजनिक उत्तरदायित्व प्रवर्धनमा रेडियोको भूमिका महत्त्वपूर्ण हुने भएकाले रेडियोकर्मीहरूलाई अनुशिक्षण राखिएको सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक गेहेन्द्र बमले बताए । अनुशिक्षण दुई दिनसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार