प्रतिगामी षड्यन्त्र भन्दै बाजुरामा एमालेको वृहत् जनप्रदर्शन

बाजुरा, कात्तिक २९ गते/ २३ र २४ भदौमा भएको जेनजी प्रदर्शन पश्चात देशमा उत्पन्न गराइएको अराजकता, असंवैधानिक सरकार, संविधान र लोकतन्त्रमाथि धावा बोलिएको भन्दै बाजुरामा नेकपा एमालेले आज वृहत् जनप्रदर्शन गरेको छ ।
पार्टी कार्यालयबाट शुरु भएको ¥याली जिल्ला सदरमुकाम मार्तडी बजार परिक्रमा पश्चात लोकतान्त्रिक चोकमा सभामा परिणत भएको थियो ।
स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टी फेर्दैमा व्यक्ति ठिक हुने र दल खोल्दैमा नयाँ हुन्छ, भन्ने मानसिकता गलत छ, त्यो बेठिक हो, नेपाल र नेपालीको भविष्य एमालेसँगै जोडिएको छ भने ।
एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले टाउका मात्रै भएको, तर खुट्टा नभएका कागजी पानामा बनाईएका दलहरुसँग न विचार छ, न सिद्वान्त छ, न गन्तव्य छ। तीनको एकल उदेश्य भनेकै एमाले र ओलीलाई गाली दिनु हो । त्यही धर्म निर्वाह गरिराख्छन् भने ।
केन्द्रीय सदस्य सहदेव बोगटीले भने, देश जलाउनेहरु नेपाली हुनै सक्दैनन् प्रचण्डले त्यो अराजकतालाई साथ दिए, विदेशीको इशारामा नै देश जलेको हो, जलाउनेहरुको अनुहार विस्तारै पहिचान हुदै गएको छ। अब प्रचण्ड, शुशिला, सुदन र बालेनमाथि अनुसन्धान हुनुपर्छ ।
सो सभालाई एमालेका केन्द्रिय लेखाआयोगका सदस्य बसुन्धरा रोकाया, सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष कालीबहादुर शाहीले पनि सम्वोधन गरेका थिए
।
एमाले नेताहरुले २३ र २४ भदौमा आगजनी गर्ने, लुटपाट गर्ने र राज्य विप्लबको अवस्थामा पु¥याउनेहरुको निष्पक्ष छानविन गरी कार्वाही गर्नुपर्ने, संविधान र लोकतन्त्रमाथि गरिएको षड्यन्त्र बिरुद्ध एमाले सडकमा आएको उनीहरुले बताएका थिए ।
प्रतिनिधिसभा पुनस्र्थाना गरी संविधान संशोधन गर्ने र दल बाहिरको व्यक्ति पनि प्रधानमन्त्री बन्ने व्यवस्था गर्ने र नवयुवा समुदायको समेत सरकारमा प्रतिनिधित्व गराएर निर्वाचनमा जान सकिने पार्टीको मान्यता रहेको उनीहरुको भनाइ थियो ।
जिल्लास्तरीय कार्यक्रममा सहभागी भएका सबै नेता, पार्टीका कार्यकर्ता र जनसमुदायलाई पार्टी अध्यक्ष लालबहादुर ओलीले धन्यवाद व्यक्त गरेका थिए । अध्यक्ष ओलीले जनसभामा पार्टीका नेताहरुले प्रस्तुत गर्नुभएका सन्देश गाउँगाउँमा पु¥याउन आव्हान गरेका थिए ।
सो प्रदर्शनको सभामा उपाध्यक्ष जनककुमार बोहराले स्वागत, सचिव काँशीबहादुर बिकले संचालन गरेका थिए ।
यसअघि २०८२ कात्तिक २२ गते देशका सबै पालिकास्तरमा जनभेला र २५ गते सबै पालिकास्तरीय जनप्रदर्शन गर्ने कार्यक्रम अन्तर्गत बाजुरामा पनि सो कार्यक्रम गरिएको थियो ।





